आज राजेश हमालको जन्मदिन, विवाहको विषयमा मधुलाई बधू बनाउने यस्तो छ योजना
आज राजेश हमालको जन्मदिन, विवाहको विषयमा मधुलाई बधू बनाउने यस्तो छ योजना भनेर नायक हमालले अनलाइनखबरसँग यसो भने तल हेर्नुहोस्
नायक राजेश हमाल आज अर्थात आइतबार आफ्नो जन्मदिन मनाउँदै छन् । उसो त हमाल हरेक जन्मदिनमा आफू जवान भएको बताउँछन् । तर पनि उनी आइतबारबाट ५३ बर्षमा लागेका छन् । उनी आफ्नो जन्मदिन जोरपाटीमा रहेको अपांगता केन्द्रमा पुगेर त्यहाँ रहेका अपाङ्गता भएका व्यक्तीहरुसँग मनाउने तयारीमा छन् । हमालले आफ्नो जन्मदिन सधै जोरपाटी मै पुगेर मनाउने गर्दछन् । जन्मदिनको अवसरमा हमाललाई हाम्रो तर्फबाट पनि शुभकामना ।
नायक राजेश हमालको विवाहको विषयमा बजारमा चल्दै आएको बहस अन्ततः सकिने छनक देखिएको छ । कति फ्यानहरुले राजेश हमालसँग बिहे गर्न पाऊँ भनेर वर्षौंदेखि धूप हालिरहेका बेला हमालले मिडियामा सार्वजनिक भएकी धरानकी मधु भट्टराईलाई नै बधू बनाउने भएका छन् । पछिल्लो समय प्रेमिकाको विषयमा खुलेरै कुरा गर्न थालेका नायक हमालले अब चाँडै बिहे गर्ने खुलासा गरेका छन् । युवा ज्योतिष हरिहर अधिकारीले दुई वर्षपछि बिहे गर्दा राम्रो हुन्छ नभनिदिएको भए सायद यतिबेला हमालको घरजम भैसक्थ्यो । तर, अब नायक राजेश हमाल सन् २०१४ को सुरुवातसँगै घरजम बसाउने तयारीमा लागेका छन् ।हमाल कुनै एकान्तस्थलमा परिवारका केही सदस्य र पत्रकारका साथमा मधुलाई आफ्नो बनाउने तयारीमा छन् । यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले आफूलाई एकान्त मनपर्ने भएकाले एकान्तमै बिहे गर्ने तयारी गरेको बताए । ‘ठाउँ अहिले नै तय भैसकेको छैन । तर म एकान्त खोज्दै छु । ‘म भव्य तबरले नाटक गरेर बिहे गर्ने सोचमा छैन । साधारण तर अनौठो तबरले बिहे होस् भन्ने चाहना छ ।’
हमालका आफन्त र दिदीहरु अमेरिकामा भएकाले पनि बिहेका लागि केही ढिलाइ भएको हो । चर्चित नायक हमालले भने- यो वर्षभित्र जसरी पनि बिहे गर्छु । तर, यस्तो कुरामा पारिवारिक सल्लाह पनि लिनुपर्ने रहेछ ।’
मंसिरपछि बिहे गर्नुका दुई कारण
नायक हमालले आफ्नो बिहेलाई यो बर्षको अन्तिममा सार्नुका पछाडि दुईवटा कारण छन् । एक त ज्योतिषले सन् २०१४ मा मात्र बिहे गर्नु भनेका छन् । यसैले पुस सकिएपछि मात्रै सन् २०१४ लाग्नेछ । दोस्रो, हमालका दिदीहरु केही समयअघि मात्रै नेपाल आएकाले पुनः अमेरिकाबाट आउन माघसम्म पर्खनुपर्ने बाध्यता छ ।भनेर - नायक हमालले अनलाइनखबरसँग यसो भने
Category: Gossip
0 comments