जुवाखालबाट लोकगायिका रंगे हात पक्राउ, मेनपावरमै मिनी क्यासिनो

npnews | 19:06 | 0 comments

काठमाडौं, ३१ असार । लोकगायिका सिर्जना विरही थापा दोस्रोपटक जुवाखालबाट पक्राउ परेकी छिन् । क्यासिनोकै शैलीमा सामाखुशीमा सञ्चालित एक जुवाखालबाट गायिका थापासहित सात जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार साँझ सामाखुशीको भण्डारीटोलस्थित मल्टी पर्पोज मेनपावरको माथिल्लो तलामा सञ्चालित जुवाखालमा छापा हानी क्वाइनसहित उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं, प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरका अनुसार सो मेनपावरको माथिल्लो तलालार्य क्यासिनोजस्ते बर्नार जुवा खेलाइने गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

क्यासिनोमा प्रयोग हुने क्वाइनदेखि बारसम्म त्यहाँ उपलब्ध रहेको एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार क्यासिनोमा जस्तै मदिरा तथा खानाको व्यवस्था पनि भित्रै थियो र मेनपावरका सञ्चालक स्याङ्जा घर भएका ताङबहादुर गुरुङले सो जुवाघर सञ्चालन गर्दै आइको हो । लोकगायिका सिर्जना विरही थापा दोस्रोपटक जुवाखालबाट यसरी  पक्राउ परेकी छिन्,भिडियो हेर्न बक्समा क्लिक गर्नु होला ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments