अछाम र दार्चुलामा नयाँ जलबिद्युत आयोजना निर्माण

npnews | 03:38 | 0 comments

अछाम र दार्चुलामा नयाँ जलबिद्युत आयोजना निर्माण हुने भएका छन। अछाममा पाँच सय किलोवाट क्षमाताको जलविद्युत आयोजना निर्माण हुने भएको छ।
 
अछामको कालागाउँ र जुपु गाविसको बीचमा रहेको कैलाश खोलामा उक्त आयोजना निर्माण गरिने स्थानीय बिकास अधिकारी विष्णु प्रसाद कोईरालाले जानकारी दिए। यस बिषयमा जिल्ला विकास समितिको सर्वदलिय बैठकमा समेत छलफल भएको छ। जनसभागितामा आधारित भएर निर्माण हुने तयारी भएको आयोजनाको सकेसम्म सम्पूर्ण स्वामित्व अछामी जनताको हुने कोइराला जानकारी दिए। कुल ३५ करोड लागत लाग्ने अनुमान गरिएको आयोजना निर्माणका लागि एक करोड जिल्ला विकास समितिले तथा १० करोड युएनडिपीले अनुदान दिने निर्णय भएको कोईरालाले जानकारी दिए।
 
आयोजनलाई तिव्र गतिमा निर्माण गर्नको लागि प्रक्रिया अगाढी बढिसकेको जिविसले जनाएको छ। यस क्रममा मुहान दर्ताका लागि जिल्ला उर्जा समितिलाई अनुरोध गर्ने तथा ३५ दिने हक दावी सम्बन्धी सूचना चाँडै नै प्रकाशित गर्ने निर्णय भएको जिविसले जनाएको छ। उता दार्चुलाको नौगड गाड खोलामा पनि जलबिद्युत आयोजना निमार्ण हुने भएको छ।
 
अपि पावर प्राईभेट लिमिटेडले जलबिद्युत आयोजना निमार्णका लागि दार्चुलाको नौगड गाड खोलाको पहिचान गरी सम्भाब्यता अध्ययन कार्य सम्पन्न गरिसकेक छ। सुदुरपश्चिममा दुई वटा जलबिद्युत परियोजना निमार्ण हुने भएपछि सुपमा औद्योगिक परियोजनाको विकास भई रोजगारीका अवसरहरु जुट्ने सम्भावना समेत बढेको सरोकारवालाहरुको भनाई छ।  सुदुर तथा मध्य पश्चिमाञ्चल क्षेत्र सम्म बिद्युत खपत गर्ने लक्ष्यका साथ नौगाढ परियोजना निमार्र्ण हुने हुदाँ लगानी गर्न अपि पावर पाईभेट लिमिटेडले यस क्षेत्रका उद्योगी ब्यवसायीहरुलाई आग्रह समेत गरेको छ।


Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments