देशनिकाला गरिएका दलित युवालाई अविरजात्रासहित स्वागत

npnews | 06:59 | 0 comments

२६ जेठ, सुर्खेत । गैरदलितकी श्रीमतीसँग प्रेम गरेको निहुँमा देश निकाला गरिएका अछाम भैरबस्थान २ का महेन्द्र विकलाई पीडकहरुले नै फूलमाला र अबिरसहित गाउँमा स्वागत गर्ने भएका छन् । प्रशासन, अधिकारकर्मी, पीडित र गाउँलेको सर्वपक्षीय छलफलपछि विकलाई गाउँमा स्वागत गर्ने सहमित भएको हो ।
अछाम प्रशासन तथा प्रहरीको सक्रियतामा शनिबार भएको सर्वपक्षीय बैठकले पीडित महेन्द्रलाई गाउँमै फर्काउने र पीडकले स-सम्मान स्वागत गर्ने निर्णय भएको दलित अधिकारकर्मी दुर्गा विकले जानकारी दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
पीडक चक्र मैकाल विसीले महेन्द्रलाई यसअघि तिराएको ५६ हजार एकसय रकमसमेत फिर्ता गर्ने सहमति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रको उपचारमा लागेको खर्च महिलाका आफन्तले तिर्ने सहमति पनि भएको छ । यस्तै जातीय विभेदको घटना दोहोरिएमा विसी परिवार नै जिम्मेवार हुने प्रहरीको भनाई छ ।
महेन्द्रलाई पूर्ण रुपमा निको भएपछि घर फर्काइने भएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments