बेरोजगार ऋषि धमलाको बिहे भोजमा ५ हजार निम्तालु

npnews | 11:57 | 0 comments


२६ जेठ, काठमाडौ । नेपालका सेलिब्रेटी पत्रकार ऋषि धमलाले बिहेको एक महिनापछि आइतवार राजधानीमा भव्य भोजको आयोजना गरेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा भएको भोजमा झण्डै ५ हजारलाई भोजमा आमन्त्रण गरिएको ऋषि धमलाका सहयोगीहरूले जानकारी दिए ।
बिहेभोजमा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीदेखी लिएर राजनीतिक दलका नेता, कार्यकर्ता, कलाकार पत्रकारको उपस्थिती रहेको थियो । भोजमा सहभागि कतिपयले त्यति भव्य बिहेभोजका लागि ऋषि धमलाले कहाँबाट पैसा ल्याएको होला भनेर कुरा गरेका थिए ।
कुनैपनि मिडियामा 'पूर्णकालीन' पत्रकारिता नगरेका ऋषि धमलाको आर्थिक स्रोतको बिषयमा टीकाटीप्पणी हुने गरेको छ । विहेभोजका लागि लाखौ रुपयाँ कहाँबाट ल्यायो भन्ने बिषयमा पत्रकारहरूबीच परिचर्चा चलेको छ । भोजमा दुइथरी मासु सहितको परिकार बनाइएको थियो ।fआम्दानीको नियमित स्रोत नभएपनि व्यापारीबाट चन्दा उठाएर ऋषिले समाजमा रवाफ देखाउदै हिडने गरेका छन् । धमलाले झापाकी एलिजा गौतमसँग गत महिना यस्तै तामझामपूर्ण बिबाह गरेका थिए |

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments