रेखा थापाले विबाह नगरेपनि सृष्टि धान्न सन्तान पाउने इच्छा
रेखाले श्रीमति मरेको छ महिना नवित्दै बिबाह गर्ने पुरूष पाखण्डी भएको भन्दै रेखाले यस्तो भनिन
चर्चित नायिका रेखा थापाले फेरिपनि विबाह गर्ने आफ्नो लक्ष्य नभएको बताएकी छन् । विबाह नगरेपनि सृष्टि धान्न सन्तान पाउने इच्छा रहेको उनले सुनाइन् । आइतबार साँझ एक टेलिभिजन अन्तरवार्ताका क्रममा नेत्री थापाले विबाह नगरेपनि 'लिभिङ टुगेदर' मार्फत घरजम गर्ने बताएकी हुन् ।
लोग्ने पाउनका लागि आफूले कुनै उपासना नगरेको रेखाले बताइन् । 'विबाह नगरेपनि जीवनसाथी खोजिरहेकी छु, उनले भनिन, 'पहिला पोइल जाने भन्थे, अहिले लिभिङ टुगेदर भन्छन् ।' आफूलाई मिल्ने जोडी भगवानले नै तयार गरिदिने उनको विश्वास थियो । बिवाहलाई 'बन्धन'को संज्ञा दिदै रेखाले त्यसबाट आफूले मुक्ति चाहेको बताइन् ।
पूर्वपति छबि ओझासँगको सम्बन्ध विच्छेदको बिषयमा उनले आफूलाई दोष नदिन आग्रह गरिन् । 'छवि ओझालाई तीनजनाले किन छाडे भनेर कसैले प्रश्न गर्दैनन्, रेखालाई मात्र किन प्रश्न सोधिन्छ ?, उनले झोक्किदै भनिन् । कस्तो केटाको खोजी गर्नुभएको छ भन्ने प्रश्नमा उनले केही बताइनन्, बरु भगवानले भाग्यमानी जुटाइदिने बताइन् ।
रेखाले श्रीमति मरेको छ महिना नवित्दै बिबाह गर्ने पुरूष पाखण्डी भएको भन्दै हरिवंश आचार्यप्रति व्यङ्ग गरिन् । अमेरिकामा रहेका नेपाली व्यापारीसंग रेखाको विहे हुने प्रसंगले सिनेमा बजार तातेको छ । श्रीमतीसँग सम्बन्ध विक्षेद गरेका व्यापारी रेखाजस्तै महिलाको खोजीमा थिए । त्यही भएर रेखाले बिवाह बन्धन नगरि पोइसँगसँगै बस्ने 'लिभिङ टुगेदर' गरेर बस्ने बताएकी हुनसक्ने लख काटिएको छ ।
हेर्नुस !!!!रेखाले श्रीमति मरेको छ महिना नवित्दै बिबाह गर्ने पुरूष पाखण्डी भएको भन्दै हरिवंश आचार्यप्रति यस्तो भनिन
भिडीयो
Category: Gossip
0 comments