कसैले नपत्याएपछि जन्मेको ‘कर्कश’
कर्कश’को कथा ‘लुट’ निर्माण हुनुभन्दा अघि नै लेखिएको थियो । आज चलचित्रको प्रोमो र गीतका बारेमा राम्रो चर्चा सुन्दा आशिफ भन्छन्, ‘जब कसैले पत्याएनन् यसपश्चात मैले आफैलाई विश्वास गरे र सिनेमाको निर्माण निर्देशन दुबै सम्हाले ।’
दयाहाङ राई, सुरज सिंह ठकुरी, रेमनदास श्रेष्ठ, हर्षिका श्रेष्ठ लगायतका कलाकारलाई लिएर उनले ‘कर्कश’को निर्माण निर्देशन गरे । जेठ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कर्कश’ले आज बजारमा राम्रो चर्चा पाएको छ । यो बर्षको प्रतिक्षा गरिएको सिनेमामा ‘कर्कश’ पनि पर्छ ।
आखिर के हो त ‘कर्कश’, अनलाइनखबरको प्रश्नमा निर्देशक शाहले भने, ‘यो ठमेलमा जन्मिएको एक ब्यान्डको कथा हो । तर म्यूजिक स्टोरी पनि होइन ।’ आशिफले एउटा यस्तो ब्यान्ड जसले सिर्जना गरेको म्यूजिक सुन्दा निक्कै ‘कर्कश’ लाग्ने भएकाले सिनेमाको नाम ‘कर्कश’ राखिएको जानकारी दिए ।
त्यतिबेला यस्ता खालका सिनेमाको ट्रेन नभएकाले निर्माताहरुले नपत्याएको हुनसक्ने सोच आशिफको छ । तर आज तिनै निर्माताहरु ‘कर्कश’को प्रोमो र गीत देखेर लोभिदा खुशी लागेको उनको तर्क छ ।
0 comments