Home �
Enews
,
TV Show
� विश्व क्रिकेटमा उचो स्थानमा पुग्यो नेपाल, नेपालीमा हर्ष–रिपोर्ट (भिडियोसहित)
Tika |
07:24 |
0
comments
बैशाख २२ । बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा आज नेपालले युगाण्डाको सामना गर्दैछ । खेल बेलुका सवा सात बजे ह्यामिल्टनस्थित राष्ट्रिय रंगशालामा हुनेछ । हिजो इटालीलाई पराजित गरेसँगै डिभिजन २ मा प्रवेश र विश्वकप छनौट खेल खेल्ने पक्का गरेको नेपाली टिम आज उच्च मनोबलको साथ मैदान उत्रनेछ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा युगाण्डासँगै ६ विकेटको नमिठो पराजय ब्यहोरेको नेपाली टिम आज त्यो हार बिर्साउने रणनीतिमा हुनेछ । यसअघि गयराती नेपालले इटालीलाई ८ विकेटले हरायो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इटालीमाथि सानदार जित दर्ता गरेको हो । जितको लागि पाएको १२८ रनको झिनो विजय लक्ष्य नेपालले १४ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो ।
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments