मायाको जंजीरमा वाधिएपछि मनले के भन्छ ?(भिडियो)

npnews | 10:49 | 0 comments

भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंजीर’ अहिले चर्चामा छ । चलचित्रमा समावेश ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत हिट भएसँगै सिनेमाको चर्चा पनि चुलिएको हो । करण श्रेष्ठ ‘क्रेजी’को प्रस्तुतीमा तयार भएको यो सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारले अभिनय गरेका छन् ।पूर्णतया कमेडी, याक्सन कथामा तयार भएको ‘जंजीर’मा नायिका हर्षिका श्रेष्ठको बाइक स्टन्टको दृश्य पनि हेर्न सकिनेछ । चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गीले निर्माण गरेका हुन् । हिन्दी चलचित्र ‘जंजीर’ पनि यही दिनमा प्रदर्शनमा आउने भएकाले नेपाली ‘जंजीर’को चर्चा चुलिएको हो । यसैबिच निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो तयार पारेको छ ।
पुरा जंजीरको भिडियो यहाँ क्लिक गरि हेर्नुहोस !!!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments