हेर्नुस ,नाक पनि कत्रो !नाकले रेकर्ड राख्यो रे !!!

Tika | 17:09 | 0 comments

नाक ठूलो हुनेलाई घिरौँला नाके भन्ने चलन छ हामीकहाँ । अझ बाहुन जातका मान्छेलाई ठूलो नाक भएकाले होच्याउँदै नाक तिखो भएको भन्ने उपाधि नै दिइन्छ । तर नेपालका बाहुनको नाक यी मान्छेको भन्दा त निकै छोटो सावित भएछ ।

टर्कीका एक जना मान्छेको नाक यति ठूलो छ कि हामीकहाँ घिरौँला नाके भन्नेलाई उनले सजिलै फ्लप ख्वाइदिन्छन् । मेहमेत ओजिरेक नामका ती पुरुषको नाक विश्वमा सबैभन्दा लामो नाक हो र उनले लामो नाकका कारण गिनिज बुकमा नाम लेखाउन सफल पनि भएका छन् ।

उनको नाक ८.८ से.मी. अर्थात् ३.४६ इन्च लामो छ । सन् २०१० को मार्च १८ मा पहिलोपटक इटालीमा आयोजित एक कार्यक्रममा उनको नाक नापेपछि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँदै गिनिज बुकमा नाम लेखाएको हो ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments