रीचार्ज कार्ड, मास्क, कागजबाट बनेका पहिरनमा हट मोडलको क्याटवाक

npnews | 10:43 | 0 comments

तपाइले काम नलाग्ने भन्दै धेरै सामान मिल्काउनुहुन्छ होला । मोबाइल रीजार्च गर्ने वित्तिकै रीचार्ज कार्ड फ्याक्नु पनि हुन्छ होला । टुथपेष्ट प्रयोग गरेपछि त्यसको खोल कतै मिल्काउनुहुन्छ । तर यस्ता सामानहरु पनि काममा आउछन् भनेर पुष्टि गरेका छन् नेपालकै डीजाइनहरुले ।काठमाण्डौमा यस्तै सामानहरुबाट बनेका पहिरन बिच प्रतिस्पर्धा भएको छ ।
रेमले आयोजना गरेको यो प्रतिस्पर्धामा ३० जना डीजाइनरहरुले तयार पारेका ३० वटा पहिरनमा ३० मोडलले र्‍याम्प नापेका थिए । १ बर्ष अघिबाट सुरु भएको रेमले आधादर्जन भन्दा धेरै कार्यक्रम आयोजना गरिसकेको छ । यो प्रतिस्पर्धामा डीजाइनरहरुले टुथपोष्टको खोल, रीचार्ज कार्ड, माक्र्स, कागज, डायरीको पाना लगायतका बस्तुहरुबाट बनेका पहिरन प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा मोडल तथा कलाकार ममता प्रधानले स्टेजमा वाक गरेकी थिइन् ।कार्यक्रममा निणर्ायकको रुपमा निर्देशकद्धय आकाश अधिकारी र दिपक खाँड, नायिका रेखा थापा, तेन्जिङ भूटिया, जयनसुब्बा मानन्धर, प्रवेशजंग शाह, शैलेन्द्र कुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको बिचमा प्रस्तुत गरिएका विभिन्न सांगीतिक प्रस्तुतीले माहोललाई अझै तताएको थियो ।भिडियो हेर्नुहोस् 

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments