क-कसको टाउको दुख्यो भन्दै पुर्व राजा ज्ञानेन्द्र रिसाएपछि..

npnews | 02:05 | 0 comments

१२ साउन,कैलाली। बाढीपिडितलाइ सहयोग गर्न नपाएको भन्दै पुर्वराजा ज्ञानेन्द्रले आक्रोश व्यक्त गरेका छन्। टीकापुरका बाढी पिडितलाई सहयोग गर्न कैलाली पुगेका ज्ञानेन्द्रले भने-दुःखमा परेका नेपाली दाजु भाइलाई सहयोग गर्ने आएको हो, क-कसलाई टाउको दुख्या हो थाहा भएन ।'शाहले दुःखममा परेको जनतालाई सहयोग गर्न आएको भन्दै विधीको शासन सवैलाई लाग्ने बताएका थिए। यसैबिच हिमानी कोषले सरकारी निर्णय अनुसार राहत वितरण गरेको छ। हिमानी कोषले टिकापुरका बाढीपिडितलाई स्थानिय दैबी प्रकोप उद्धार समितिबाट राहत सामग्री वितरण गरेको छ। आफै सामाग्री वितरण गर्न नपाएकोमा कोषका अधिकारीहरु खिन्न देखिएका थिए।कोषले टिकापुरका ६७२ र बर्दिया दौलतपुरका २१६ परिवारलाई १५ किलो चामल,दाल, र भाँडाकुँडा वितरणका लागी दैबी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको थियो।राहत वितरण कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र, शिताष्मा शाह, दिलासा शाह, हृद्यन्द्र शाहको पनि उपस्थिति थियो।कार्यक्रमा पुर्व राजाको पक्षमा नारा समेत लगाइएको थियो।भिडियोमा हेर्नुस 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments