बलिउडकी सेक्स सिम्बल ममता कुलकर्णी जोगी भईन !

npnews | 01:54 | 0 comments

एजेन्सी, १२ साउन। बलिउडमा ९०को दशक भर चर्चित र सेक्स सिम्बलका रुपमा स्थापित नायिका ममता कुलकर्णी अहिले आध्यत्म तिर लागेकी छिन। आफ्नो करिअरमा केही हिट फिल्महरु दिएकी कुलकर्णी १२ बर्ष देखि हराएकी थिईन।करण अर्जुन, घातक, बाजी जस्ता सुपर हिट चलचित्र खेलीसकेकी नायिका आध्यात्ममा लागेकी छिन्। अहिलेका बलिउड स्टारहरु शाहरुख खान, सलमान खान, आमिर खान सँग चलचित्र खेलीसकेकी नायिका एक्कासी बलिउडबाट गायब भईन र नयाँ रुपमा देखा परिन्।आध्यात्ममा लागेपछी एउटा किताब पनि लेखेकी ४१ बर्षिया कुलकर्णी अहिले पुरा भगवानको सेवामा रहेको बताएकी छिन्। बलिउडजर्नलिष्ट डट कम लाई दिएको अन्तर्वातामा उनले शाहरुख खान, सलमान खान अब मेरा हिरो होईनन, म भगवानको सेवामा छु र उनी नै मेरा हिरो हुन्, भनेकि छिन्। म भगवानको लागि जन्मेकी हुँ र भगवानमा नै यो जिवन अर्पण गरेकि छु, ममताले अगाडी भनिन।

चलचित्रबाट टाढा भएपछी उनले धेरै समय दुबईमा बिताएकी थिईन्। भारतका चर्चित लागुऔषध तस्कर विक्की गोस्वामीसवगको अन्तरंग सम्बन्ध पनि चर्चामा रहेको थियो। उनले विक्कीसँग बिवाह गरेकोकुरा अस्विकार गरेकी छिन तर उनलाई माया गरिरहने बताएकी थिईन्। विक्की र अन्डरवर्लड डन छोटा राजन पार्टनर पनि हुन्।ममताले आफुले १२ बर्ष देखि मेकअप पनि नगरेको र ऐना पनि नहेरेको बताएकी छिन्।

उनी बलिउडमा रहँदै गर्दा अंग्रेजीमा खासै दखल नभएकी नायिकाका रुपमा चिनिन्थिन तर उनले अंग्रेजीमा किताब लेखेपछी बलिउड अचम्म मानेर हेरिरहेको पनि बताईएको छ। उनको अन्डर्वर्लड सम्बन्धका कारण उनले ठुला चलचित्रहरुमा काम पाएको हल्ला पनि बलिउडमा रहने गर्थ्यो।ममताको  साँच्चिकै आध्यात्म तिर लागेकै हुन या पहिले देखि रँहदैआऐको अन्डरवर्लड सम्बन्धका कारण कुनै योजना मुताबिक हो भन्ने बारे भिडियो हेर्नु होस् 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments