छविले एघार वर्षपछि नायिका रजनी सिने उद्योगमा भित्र्याए

npnews | 11:51 | 0 comments


३ जुलाई । वैवाहिक जीवनको समाप्तीसँगै निर्माता छविराज ओझाले रेखा थापाको सट्टा नयाँ नायिकापछि चर्चा भएको छ ।
आफ्नो सिने उद्योगको एघार वर्षपछि नयाँ नायिका रजनी केसीलाई भित्र्याएपछि चर्चा भएको हो । उनले फिल्म चल्नु अघि नै सबैको ध्यान तान्न सफल भएकी हुन् नवनायिका केसी । उनलाई छविले ‘लोफर’मा लिडिङ लेडीको भूमिका दिएका छन् र यो चलचित्रको छायाँकन सकिसकेको छ । फार्मेसीको अध्ययन सकेकी रजनीलाई छविले ‘हमेसा’बाटै भित्र्याउन खोजेका थिए तर रेखाको अवरोधको कारण छवि ब्याक हटेका थिए । अहिले छवि ‘लोफर’बाट रेखालाई गतिलो जवाफ दिन खोज्दैछन् । त्यही भएर उनी ‘लोफर’सँगै रजनीको प्रमोशनमा पनि निकै खटिरहेका छन । उता रेखा पनि ‘काली’निर्माण गरेर आफू एक्लै पनि सक्षम भएको प्रमाणित गर्ने प्रयासमा छिन ।
यद्यपि ‘लोफर’मा दयाहाङ राई, आर्यन सिग्देल, सुशीलराज पाण्डेजस्ता मेल एक्टरहरुको वश्र्चव भएकोले पनि रजनीलाई दर्शकले मार्क गर्न गाह्रो छ । चलचित्रको फस्ट लुकमा पनि रजनीलाई स्पेस दिइएको छैन । जबकी ‘काली’ नारीप्रधान सिनेमा हो र रेखा लिड रोलमा छिन् । अझ रमाइलो त त्यसबेला हुन्छ, जब अहिले हल्ला भए अनुसार रजनीको ‘लोफर’ र रेखाको ‘काली’ एकै दिन रिलिज हुनेछन् । किनभने छविले आगामी दशैको फुलपातीको दिन ‘लोफर’को रिलिज डेट फिक्स गरिसकेका छन भने रेखा पनि त्यहि दिन ‘काली’लाई हलमा उतार्ने मुडमा रहेको बताइन्छ । भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments