अमेरिकामा ८ नेपाली विद्यार्थी छल कपट गर्ने अभियोगमा पक्राउ

npnews | 02:04 | 0 comments

अमेरिकामा ८ नेपाली विद्यार्थी कस्तो छल कपट गर्ने अभियोगमा पक्राउ परे हेर्नुस !!!

२० असार, काठमाण्डौं । जालसाजी गरी आश्रति (डिपेन्डेन्ट) लाई अमेरिका पुर्‍याएको अभियोगमा केन्सास राज्यमा आठजना नेपाली विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्ने सबै म्याहटनस्थित केन्सास स्टेट युनिभर्सिटीका विद्यावारिधि (पीएचडी) का विद्यार्थी हुन् ।
राज्यका न्यायाधिवक्ता व्यारी गि्रसमले विद्यावारिधि गरिरहेका नौ जना नेपाली विद्यार्थीमाथि पाँच बर्षअघि आश्रतिलाई अमेरिकी भिसा दिलाउन जालसाजी गरेको अभियोग लगाएका छन् । त्यसमध्ये एक जना भने दुई बर्ष अघि नै नेपाल आइसकेका छन् । पक्राउ पर्नेमा ३३ बर्षका महेन्द्र थापा, ४१ बर्षका खेम आचार्य, ३७ बर्षका राजकुमार दानी, ४१ बर्षका लीलाबल्लभ पाण्डे, ३७ बर्षका लक्ष्मण पोखरले, ३८ बर्षका केशर प्रसाई, ३२ बर्षका गोविन्द पनेरु र ४३ बर्षका नारायण चापागाई छन् । अभियोग लगाएका ३७ बर्षका सन्तो घिमिरेले भने अमेरिका छाडिसकेको बिहीबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ ।
राज्यको न्यायाधिवक्ता कार्यालयबाट मंगलबार जारी अभियोगपत्रअनुसार सन २००८ मा ती विद्यार्थीले आफ्नो आर्थिक हैसियतसम्बन्धी दस्तावेज तयार गर्दा जालसाजी गरेका थिए । ‘उनीहरुले आफ्ना सहपाठीसँगै रकम लिएर खातामा जम्मा गरे र बैंक खातामा रहेको रकम आफ्नै दाबी गर्दै त्यसैका आधारमा कागजपत्र निकाले,’ अभियोगपत्रमा भनिएको छ, ‘भिसा पाएपछि उनीहरुले त्यो पैसा सहपाठीलाई फिर्ता गरे ।’
अभियोग प्रमाणित भएका हरेक विद्यार्थीले फेडेरल जेलमा कम्तीमा १० बर्ष काराबास र दुई लाख ५० हजार अमेरिकी डलरसम्म जरिबाना तिर्नुपर्ने हुनसक्छ ।source onlinekhabar

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments