नेपालमा यौनकर्मी महिलाको संख्या बढ्दै
एजेन्सी , कैलाली, १९ असार । पछिल्ला वर्षमा यौनकर्मी महिलाको संख्या बढ्दै गएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्भेमा यौनकर्मी महिलाको संख्या बढेको पाईएको छ । केन्द्रले गत वर्ष गरेको सर्भेमा कैलाली र कञ्चनपुरमा १ हजार ४ सय २७ यौनकर्मी महिला रहेको पाईएको छ । जसमध्ये कैलालीमा १ हजार २ सय ११ र कञ्चनपुरमा २ सय १६ यौनकर्मी महिला रहेका छन् ।
विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाको सहयोगमा केन्द्रले यौनकर्मी महिलाका बारेमा सर्भे गरेको थियो । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका संयोजक अशोक पाण्डेयले ग्राहकको भेषमा ती संघसंस्थाका प्रतिनिधिहरुले यौनकर्मी महिलाहरुको संख्या र उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एकीकृत व्यवहार सर्भेक्षण (आईबिबिएस सर्भे) पछि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई तथ्याङ्क उपलब्ध गराएको छ । तथ्यांकले कैलालीको अत्तरीयामा सबैभन्दा बढि यौनकर्मी महिला रहेको देखाएको छ । अत्तरीयामा ४ सय ३० महिला यौन व्यवशायमा संलग्न रहेको पाईएको छ ।
त्यस्तै सदरमुकाम धनगढीमा ३ सय ६८, चौमालामा १ सय ४, पहलवानपुरमा १ सय ५९, लम्कीमा १८ र टीकापुर नगरपालिका क्षेत्रमा ६६ महिला यौन व्यवशायमा संलग्न रहेको केन्द्रले जनाएको छ । यौनकर्मी महिलाको संख्या राजमार्ग क्षेत्रमा बढि रहेको छ । राजमार्गका बजारहरुमा होटल, किराना पसल लगायत विभिन्न बहानामा यौनकर्मी महिलाहरु सकृय रहेको स्रोतले बताएको छ ।
त्यस्तै कञ्चनपुरका २० स्थानमा महिला यौनकर्मी रहेको केन्द्रको तथ्यांकले देखाइएको छ । कञ्चनपुरमा सवैभन्दा बढी २३ जना महिला यौनकर्मी पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेका छन् । त्यस्तै भीमदत्त नगरपालिकाका भुजेलामा १२, ऐरीमा आठ, सुखासालमा १६, ऐंठपुरमा छ, हल्दुखालमा तीन, बजार क्षेत्रमा १२, सालघारीमा चार, भगतपुरमा आठ, भाँसीमा तीन जना महिला यौनकर्मीहरु देहव्यापार गर्दै आएका छन् ।
यसैगरी दैजीको रानादैजीमा १७, दैजीमा १८, झलारीको बनसमितिमा नौ, गर्जमुनीमा १४, झलारी बजारमा छ, पिपलाडीमा नौ, कलुवापुरमा १७, कृष्णपुरको बाणीमा १८ र बंकमा ११ जना यौनकर्मी महिला सर्र्भेक्षणका क्रममा फेला परेका छन् ।
यौन व्यवशायमा लाग्नेमा १६ वर्षदेखि ४५ वर्षसम्म महिला रहेका छन् । संयोजक पाण्डेयले कञ्चनपुरमा रहेका दुई सय बढी यौनकर्मी महिला मध्ये छ जनामा एचआईभी÷एड्सको संक्रमण देखिएको जानकारी दिए । ‘कञ्चनपुरमा छ जना महिला संक्रमित छन् ।’ उनले भने, ‘ती महिलासँग यौन सम्पर्क गर्ने पुरुष ज्यादै जोखिममा छन् ।’
महिलाहरु आर्थिक अभाव, श्रीमान घरबाहिर, साथीको लहलहै लगायतले यौन व्यवशायमा लागेका छन् । यौन व्यवशायमा पछिल्लो समयमा विद्यालय र क्याम्पस स्तरमा अध्ययनरत छात्राहरु समेत सकृय छन् । उनीहरुले साथीको लहलहैमा यौन व्यवशायमा प्रवेश गरेको र पछि छोड्न नसकेको भनेर यस्तो भन्दै छन् ,भिडीयो हेर्न बक्स मा क्लिक गर्नु होला ।
Category: Gossip
0 comments