नायीका करिना कपुर सन्तान नजन्माउने निर्णय

npnews | 17:17 | 0 comments

बलिउडकी चर्चित नायीका करिना कपुरले आफूले सन्तान जन्माउन नचाहेको बताएकी छिन् । केही समयअघि बलिउडका नायक सैफ अलि खानसँग विवाह गरेकी ३२ वर्षिय नायीका करिनाले आफूले सन्तान नजन्माउने निर्णय लिन सक्ने बताएकी छिन् । एक फेसन पत्रिकाका लागि अन्तरवार्ता दिने क्रममा नायीका करिनालाई सन्तानका विषयमा सोधीएको प्रश्नमा उनले 'कसलाई के थाहा छ र म सन्तान नजन्माउन पनि सक्छु' भन्ने उत्तर दिँदै आफू सन्तान जन्माउने पक्षमा नरहेको धारणा व्यक्त गरेकी हुन् ।उनले आफ्नो पतिको पहिल्यै दुई सन्तान रहेको भन्दै आफूलाई सन्तान जन्माउने कुनै हतार नभएको बताएकी छिन् । उनले आफू र सैफको जोडिलाई निकै आधुनिक विचार भएको जोडि भएको दावी गर्दै आफूहरू समाजको बन्धनमा नबाँधिने बताएकी छिन् । सैफ र करिनाले गत अक्टुबरमा विवाह गरेका थिए । सैफले यसअघि नै अर्की नायीका अमृता सिंहसँग विवाह गरिसकेका थिए भने यता करिना पनि बलिउड नायक शाहिद कपुरसँग जोडिएकी थिइन् , भिडियो हेर्न तलको क्लिक गर्नु होला ! 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments