Home �
News
� बाँदरमुढे घटनाको ८ वर्ष पुरा, न दोषीले सजाय पाए न त पीडितले न्याय नै
npnews |
14:29 |
0
comments
चितवन माडीको बाँदरमुढेमा तत्कालिन विद्रोही नेकपा माओवादीले विद्युतीय धराप बिस्फोट गराउंदा ३८ जना सर्वसाधारणको मृत्यु भएको बिहीबार ८ वर्ष पुगेको छ ।वि. सं. २०६२ साल जेठ २३ गते माओवादीले विद्युतीय धराप बिस्फोट गराएको थियो । तर, त्यो विभत्स र कायर्तापूण घटना भएको आज ८ वर्ष पुरा भएर ९ वर्षमा प्रवेश गर्दा समेत न त घटनाका पीडितले न्याय पाए ? न त उनीहरुको घाउँमा क्षतिपूतिर्को मल्हम नै लगाइयो ? घटनाको मुख्य दोषी माओवादीले आजसम्म दुई पटक सरकारको नेतृत्व गरे । तर, उसले आफ्नै कारण मारिएका निर्दोष सर्वसाधारण नागरिकप्रति न्याय गर्नु पर्छ भन्ने सोचेन । माओवादी मात्र होइन, तत्कालीन समयमा सरकारको नेतृत्व गर्दै माओवादी ज्यादतीविरुद्ध लडेका कांग्रेस-एमालेले पनि पीडितलाई न्याय गर्नुपर्छ भन्ने सोचेनन् । बरु माओवादीसँगै पटक पटक सत्ताको साझेदारी गरे ।
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments