अमेरिकी पर्यटकमाथिको सामूहिक बलात्कार गरेको अभियोगमा भारतमा तीन नेपाली पक्राउ

npnews | 21:28 | 0 comments

भारतमा एक अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तिन नेपाली को -को थिए हेर्नुस !!!!

२४ जेठ, काठमाण्डौ । एक अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गरेको अभियोगमा भारतमा तीन नेपाली पक्राउ परेका छन् ।

हिमाञ्चल प्रदेशमा गत मंगलबार एक अमेरिकी पर्यटकमाथिको सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना नेपाली ट्रक ड्राइभर हुन् । नेपाली नागरिक भएपनि उनीहरु लामो समयदेखि हिमाञ्चल प्रदेशमा बस्दै आएको प्रहरीले जनाएको छ ।

भारतीय समाचार संस्था आईएएनएसका अनुसार पक्रउ पर्नेहरु अर्जुन, लक्की र सोमबहादुर नाम गरेका नेपाली नागरिकहरु हुन् । स्थानीय प्रहरी अधिकारीको हवाला दिंदै समाचारमा जनाइएअनुसार उनीहरुलाई बिहीवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

एक रिसोर्टमा जान लागेकी ३० बषिर्य ती अमेरिकी पर्यटकले रातको समयमा ट्याक्सी नपाएपछि ट्रकमा लिफ्ट लिएकी थिइन् । ती ट्रक चालकले उनलाई अन्यत्रै लगेर सामूहिक बलात्कार सँगै लुटपाटसमेत गरेको ती पर्यटकले प्रहरीसमक्ष उजुरी गरेकी छिन् ।

स्वास्थ्य परिक्षणबाट पर्यटकमाथि यौन हिंसा भएको पुष्टी भएको र थप परिक्षणका लागि नमूना फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीसाधन बुधबार नै पक्राउ गरिएको थियो भने अभियुक्तहरुलाई बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments