पूर्व सभासद सदरुल मियाँ हक हत्या आफ्नै श्रीमती र छोरी बाट भएको खुलासा
पूर्व सभासद सदरुल मियाँ हक हत्या आफ्नै श्रीमती र छोरी बाट कसरी भएको हो भन्ने रहस्य !
अनुसन्धानका क्रममा हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका अब्दुल रहुफले हत्यामा सदरूलकै छोरी र आमाको संलग्नता भएको बयान दिएपछी हत्या पारिवारिक कारणले भएको खुलासा भएको हो । हत्यामा तीन जना संलग्न भएको समेत प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले दिएको जानकारी अनुसार सिराहाको लहान नगरपालिकामा स्थायी बसोबास भएका जमिरूल शेखसहित सिराहाकै चतरीका चाँद भन्ने अब्दुल रहुफ र अनरूलले सदरूलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्याकै दिन यी तीनजना सदरूलको बासस्थान सप्तरीको कल्याणपुर आएका थिए । उनीहरू मोटरसाइकलमा आएका थिए र सदरूलको घाँटी रेटेर हत्या गरेका थिए ।
प्रहरीको अनुसन्धानमा सदरूलकी पत्नी नुरजहाँ र छोरी रवेदाले शेखसँग निरन्तर सम्पर्क र भेटघाट गरेको पत्ता लागेपछी उनीहरू हत्यामा संलग्न भएको पत्ता लागेको हो ।हत्यामा संलग्न पाँच मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सदरुलकी श्रीमती नुरजहाँ, छोरी रुवेदा र कन्ट्रयाक किलर अब्दुल रउफ छ,भिडीयो हेर्नुहोस ।
Category: News
0 comments