एमाओवादीको केन्द्रीय बैठक भारतीय राजदुत जयन्त प्रसादले विथोले
हेर्नुस !!! भारतीय राजदुत जयन्त प्रसादले कसरी एमाओवादीको केन्द्रीय बैठक विथोले तल हेर्नुहोस्
२५ जेठ, काठमाडौ । एमाओवादीको जारी केन्द्रीय पदाधिकारी र संगठन विभाग प्रमुखहरूको बैठक भारतीय राजदुत जयन्त प्रसादले विथोलेका छन् । बैठक चलिरहँदा भारतीय राजदुत जयन्त लाजिम्पाट पुगेपछी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक छाडेर राजदुत जयन्तसँग छलफल गर्न थालेपछि बैठक बिथोलिएको हो ।
भोली देखि सुरू हुने केन्द्रीय समितिको बैठकका एजेण्डाहरू तय गर्न बसेको बैठकलाई बिचैमा रोकेर अध्यक्ष प्रचण्ड अहिले जयन्त प्रसादसँग छलफल गरिरहेका छन् । भोली देखी सुरू हुने बैठकका लागि पार्टीले तीन बुँदे एजेण्डा तय गरेको छ ।
भोलिको बैठकमा कार्यविभाजन गर्ने, पार्टीले लिएको नीति उत्पादन र निर्माण बिषय र समसामयिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ ।
हेर्नुस !!! भारतीय राजदुत जयन्त प्रसादले कसरी एमाओवादीको केन्द्रीय बैठक विथोले तल भिडीयो हेर्नुहोस् !!
Category: News
0 comments