नायीका शिल्पाका पति राज कुन्द्राले नेपाली पस्मिना बेचेर करोडौ कमाएको खुलासा

npnews | 22:35 | 0 comments

जेष्ठ २५  - बलिउड नायिका शिल्पा सेठ्ठी पति तथा राजस्थान रोयल्ड क्रिकेट टिक मालिक राज कुन्द्रले मुम्बई प्रहरीसँगको बयानमा नयाँ रहस्य खोलेका छन् । बेलायतमा जन्मिएर कलेजको पढाई छाडेर भारतमा आई व्यापार थालेका कुन्द्राले आफ्नो पहिलो व्यापार नेपालकै पश्मिना सल बेचेर सुरु गरेको बताएका छन् ।

उनलाई सट्टेबाजसँग पैसा लिएर आफ्नो टोलीलाई हराएको आरोप लगाइएको छ । उनलाई बिहीबार मुम्बई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । उनको टोलीका तीन खेलाडी श्रीशान्त, अंकित र अजितलाई यसअघि नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनीहरुलाई सट्टेबाजसँग रकम लिएर म्याच फिक्सिङ गरेको आरोप छ ।

सोधपुछको क्रममा उनले आफ्नो सम्पतिबारेको बयानमा आफूले नेपालबाट व्यापार व्यबसाय थालेको बताएका थिए । बेलायतमा जन्मेका ३७ बर्षीय कुन्द्रेले नेपालमा सुन ल्याउने र यहाँबाट लगेको पश्मिनाको सल विश्वका ठूला फेसन कम्पनीलाई बेचेर अर्बौं कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसपछि भने उनले दुबईमा हिराको व्यापारमा हात हाल्दै होटल, ऊर्जा र खेल व्यबसायमा हात हालेका थिए । शिल्पा पति कुन्द्र छोटो समयमै धेरै धन कमाउने व्यक्तिमा पनि पर्छन् ।

कुन्द्रले अमेरिकी टेलिभिजन शो सेलिबे्रटी बिग ब्रदर जितेर नाम कमाएका थिए । कुन्द्रले पहिलो पत्नीसँगको दुई बर्षको सम्बन्ध टुंग्याएपछि सन् २००९ मा शिल्पासँग विवाह गरेका थिए ।source kantipur news
नायीका शिल्पाका पति राज कुन्द्राले नेपाली पस्मिना बेचेर करोडौ कमाएको खुलासा यसरी भने तल भिडीयो हेर्नुहोस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments