शीर्षनेतालाई बालुवाटारमा बोलाएर मन्त्रीले थर्काए

npnews | 14:15 | 0 comments

हेर्नुस !!!प्रधानमन्त्रीले शीर्षनेतालाई बालुवाटारमा बोलाएर यसरी थर्काए

२५ जेठ, काठमाडौं । पटक-पटक बैठक बस्दा पनि सहमतिमा पुग्न नसकेका चारदलका शीर्षनेतालाई शनिबार बिहान बालुवाटारमा एकजना मन्त्रीले दह्रोसँग थर्काएका छन् । निर्वाचनसम्बन्धी कानूनमा सहमति जुटाउन नसकी समय माग्न बालुवाटार पुगेका दलका नेतालाई थर्काउने मन्त्री हुन्- विद्याधर मन्त्री ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री मल्लिकले दलहरुले चुनावको वातावरण नबनाएको भन्दै आक्रोश पोख्नुभयो । ‘हामी पेन्सन पकाएर घरमा बसेको मान्छेलाई चुनाव गरिदिनोस् भन्नुभयो, हामी पनि चुप लागेर बस्न हुन्न, देशका लागि केही गर्नुपर्छ भनेर आएका हौं ।’ मल्लिकले बैठकमा नेताहरुलाई भन्नुभयो, ‘तपाईहरुले चुनावको वातावण नबनाउने भए हामीले कसरी गर्ने ? चुनाव हामीलाई हैन, तपाईहरुलाई नै चाहिएको हो ।’
स्रोतका अनुसार मन्त्री मल्लिकले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालतिर लक्षित गर्दै प्रश्न गर्नुभयो- ‘तपाईहरुलाई थ्रेसहोल्ड किन चाहियो ? यो थ्रेसहोल्डले के गर्छ ? पुरानै कानूनअनुसार निर्वाचनमा जाँदा के हुन्छ ?’
बैठकमा दलका नेताहरुप्रति मन्त्रिपरिषदका अध्यक्ष रेग्मीसमेत निकै आक्रोशित देखिनुभएको थियो । चारदलको आग्रह अनुसार बालुवाटारमा आयोजित छलफलमा अध्यक्ष रेग्मीका साथै मन्त्रीहरुको पनि सहभागिता थियो ।
शनिबार बिहानको सो बैठकमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले दलका नेतालाई छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गर्नुभएको अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखरलाई बताउनुभयो ।
बानेश्वर बैठक निश्कर्षविहीन
बालुवाटारमा गाली खाएर बानेश्वरमा भेला भएका चार दलका नेताहरु शनिबार पनि सहमतिमा पुग्न सकेनन् । थ्रेसहोल्ड राख्ने कि नराख्ने, ३० प्रतिशत क्षेत्रमा उमेद्वारी नदिनेले समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने कि नपर्ने अनि फौजदारी अभियोग लागेकाहरुलाई उमेद्वार बन्न दिने/नदिने भन्नेमा दलहरुवीच सहमति हुन नसकेको बताइएको छ ।
दलहरुले आन्तरिक छलफल गरेर आइतबार अपरान्ह पुनः उच्चस्तरीय बैठक बस्ने बताएका छन् । अध्यक्ष रेग्मीले दलका नेताहरुलाई जेठ २४ सम्म सहमति गर्न समय तोक्नुभएको थियो । तर, दलका नेताहरु थ्रेसहोल्डको बखेडाका कारण २४ गते सहमतिमा पुग्न सकेनन् । त्यसपछि नेताहरु रेग्मीलाई भेटेर केही दिन समय माग्ने भन्दै शनिबार बालुवाटार पुगेका थिए । तर, मन्त्रीले थर्काएपछि शनिबारै चार दलका नेताहरु नयाँ बानेश्वरमा बैठक डाकेका थिए ।
नेताहरु मिल्दैनन् भने लेखेर दिए हुन्छ
अब सरकारले दलहरुलाई धेरै कुर्न नसक्ने सरकारी स्रोतले बतायो । ‘अब सरकारले धेरै समय यसैगरी कुरेर बस्न सक्दैन । चार दलले सहमति गरेनन् भने पनि आआफ्नो दलको अडान यस्तो छ भनेर लेखेर दिएपछि सरकार त्यहीअनुसार अगाडि बढ्छ ।’- स्रोतले भन्यो ।
हेर्नुस !!!प्रधानमन्त्रीले शीर्षनेतालाई बालुवाटारमा बोलाएर यसरी थर्काए

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments