पद त्याग्दै बाबुरामलले भनेको अन्तिम निर्णय हेर्नुहोस !!!
आफ्नै दलका नेताहरुलाई अचम्ममा पार्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीबाट स्वेच्छिकरुपमा पदत्याग
१५ असार," आफ्नै दलका नेताहरुलाई अचम्ममा पार्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीबाट स्वेच्छिकरुपमा पदत्याग गर्नुभएको छ । ’यो मेरो अन्तिम निर्णय हो । मैले यसबारे कोहीसँग सल्लाह गरेको छैन । हिसिलालाई पनि भनेको छैन । केही गम्भीर निर्णय लिने बेलामा म राति सोच्ने गर्छु ।’ -भट्टराईले बैठकमा भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो- ‘म ६० वर्ष पनि नाघें । अब कार्यकारी भएर बस्नुभन्दा पार्टी सदस्यमा बस्छु । यो मेरो स्वेच्छिक रुपमा पद त्याग हो, राजीनामा होइन ।’
एमाओवादी नेता भट्टराईले आफ्नो यो निर्णयलाई आफ्नै विवेकले गरेको अन्तिम निर्णय समेत बताउनुभएको छ । ‘ यो मेरो घुर्की हैन, यो आफ्नै विवेकले गरिएको अन्तिम निर्णय हो । अरुले पनि यही स्पिरिटलाई समाउनोस् ।’ शुक्रबार एमाओवादीको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको प्रस्ताव प्रस्तुत गरेपछि पदका लागि ठूलो हंगामा मच्चिएको थियो । तर, शनिबार बैठकको प्रारम्भमै डा. भट्टराईले १५ मीनेटजतिको आफ्नो मन्तव्यमा पद त्यागको घोषणा गरेपछि एमाओवादीको अन्तरविरोधले नयाँ मोड लिएको छ ।
पार्टीमा जीवनभर प्रतिपक्ष
‘म ३५ वर्षमा पार्टीमा सधैं प्रतिपक्षमा रहें । सधैं विद्रोही रहें । विचार आस्थाको लडाइँमा सधैं अडिग भएर यहाँसम्म आएँ ।’ भट्टराईले बैठकमा भन्नुभयो । ’हामीले बनाउन खोजेको पार्टी यस्तो थिएन, हामीले सोचेजस्तो कम्युनिष्ट पार्टी बनाउन सकेनौं ।’ स्रोतअनुसार बाबुरामले बैठकमा भन्नुभयो- ‘यत्रो गृहकार्य गरेर अध्यक्षले ल्याएको प्रस्तावमा पनि हामीले साथीहरुलाई सहमत गारउन सकेनौं । धेरै गृहकार्य गरेर अध्यक्षले पेश गरेको प्रस्तावमा ९५ प्रतिशतले साथीहरुले असहमति जनाएको मैले आफ्नो ३५ वर्षे राजनीतिक जीवनमा पहिलोचोटि देखें ।’
कहाँबाट बिग्रियो ?
पार्टीमा जनमुक्ति सेनाका साथीहरुलाई नेतृत्वमा अगाडि ल्याउनुपर्ने बताउँदै भट्टराईले पार्टीको मरुदण्ड जनयुद्ध भएको बताउनुभयो । पार्टी एकता प्रक्रियाबाट बिगि्रन थालेको भट्टराईको विश्लेषण थियो । ’एकता प्रक्रियाबाट पार्टी बिग्रिन शुरु गरेको हो, हाम्रो ३५ जनाको कमिटी थियो, उतापट्टी ११ जनाको पोलिटब्यूरो थियो । ४५ जनाको मात्रै समिति बनाऔं भन्दा त्यसबेला सम्भव भएन । हामी अलि बढी लचिलो भयौं ।’ बैठकमा उहाँले भन्नुभयो, ‘त्यहीँबाट पार्टी बिग्रियो ।’
‘खड्का र ढुंगेललाई मात्रै मैले ल्याएँ’
डा. भट्टराईले पार्टीभित्र गुटबन्दी भएको भन्ने विषयलाई पनि आक्रमक प्रहार गर्नुभयो । ‘साथीहरुले गुटको कुरा गर्नुभयो, कहाँ छ गुट ? एउटा प्रमाण दिनोस् ।’ डा् भट्टराईले आफूले केन्द्रीइ समितिलाई दुईजनालाई मात्रै सिफारिस गरेको बताउनुभयो । एकजना औपचारिक शिक्षा नपाएकी र क्रान्तिकारी महिला भएकाले देवी खड्कालाई र दोस्रो सबैबाट खेदिएका पात्र भएकाले बालकृष्ण ढुंगेललाई केन्द्रमा प्रस्ताव गरेको बैठकमा बताउनुभयो । त्यस्तै युवा पुस्ताका तर, पुराना युवा नेता भए पनि पूर्वसभासद् हेमराज भण्डारीलाई भने चाहेर पनि केन्द्रमा ल्याउन नसकेको भट्टराईले बैठकमा बताउनुभयो ।
भट्टराईलाई नभाग्न आग्रह
बैठकमा बाबुरामले बोलेपछि वातावरण स्तब्ध भएको थियो । त्यसपछि ३/४ जना केन्द्रीय सदस्यहरुले बैठकमा आफ्ना कुरा राखेका थिए । उनीहरुले हामीले पदको बार्गेनिङ गरेका हैनौं, पद्धति हुनुपर्यो मात्र भनेका हौं भन्दै पार्टीमा समस्या आयो भन्दैमा छाडेर भाग्न पाइँदैन भन्दै बाबुरामको आलोचना गर्ने प्रयास गरेका थिए । तर, त्यतिकैमा बैठक आइतबार सम्मलाई स्थगित गरेर पदाधिकारी बैठकको आह्वान गरिएको थियो । पदाधिकारीले केही राज्यसमितिका इञ्चार्जसँग छलफल गरेर समितिलाई पूर्णता दिने प्रस्तावमा छलफल गरे पनि शनिबार निश्कर्षमा पुग्न सकेन ।
अब प्रचण्डमाथि नैतिक संकट
‘बाबुरामले केन्द्रीय समितिमा पद त्यागको निर्णयलाई अन्तिम बताइसक्नु भएकाले सो निर्णय उहाँले फिर्ता लिने सम्भावना देखिँदैन । अब प्रचण्डको प्रस्ताव पारित भएन भने उहाँको पद नै नैतिक संकटमा पर्छ । कम्युनिष्ट पार्टीको परम्पराअनुसार नेताको प्रस्ताव बहुमतबाट असफल भए नैतिकरुपमा राजीनामा दिनुपर्ने हुन्छ ।’ स्रोतले अनलाइनखबरसँग भन्यो- ‘आफ्नो प्रस्तावमा विरोध आएपछि बाबुरामले नैतिकरुपमा पद त्याग गरिसक्नुभयो, यसबाट अब प्रचण्डमाथि ठूलो नैतिक दबाव परेको छ ।’
संगठन विस्तारको प्रस्ताव प्रचण्डको साटो महासचिव पोष्टबहादुर बोगटीमार्फत् बैठकमा पेश गरिएको भए सो प्सताव असफल हुँदा बोगटीमा मात्रै नैतिक संकट आउने बताउँदै स्रोतले भन्यो- ‘प्रचण्डले आफैं अगाडि सर्नु नै ठूलो गल्ती भयो ।’
Category: News
0 comments