साउदीमा नेपालीको विजोक, रूखमुनि रात काट्दै

npnews | 01:07 | 0 comments

साउदी अरबमा नेपाली घर फर्कने क्रममा के - कस्ता दुख भोगिरहेका छन् यहाँ हेर्नुस !!!

७ असार, काठमाण्डौं । आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो संख्याका नेपाली साउदी अरबका विभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी सरकारका निकायहरुबीच आपसी समन्वय नुहँदा उनीहरु अप्ठ्यारोमा परेका हुन् । उनीहरु दमामा, जेद्दाका पार्क, पुल र रुखमुनि रात बाट्न बाध्य छन् । सबै प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रुखमुनि बस्न बाध्य भएकाहरु पनि त्यतिकै छन् ।
दमामस्थित सिको गार्डेनमा मात्रै खजुरको रुखमुनि तीनसय भन्दा बढीले रात काटिरहेका छन् । जेद्दास्थित पुलमुनि पनि सयौंको संख्यामा रहेको खबर छ । दिनभर साउदीको चर्को घाममा पासपोर्ट कार्यालयअगाडि लाइनमा बसेर हैरानी खेपेका नेपाली रात बिताउन खजुरको रुखमुनि, पुल, पार्कमा पुग्ने गरेकेा पीडितले बताएका छन् । हाउसमेड काममा गएर भागेका ६० भन्दा बढी महिला दूतावासको शरणमा पुगेका छन् ।
source kantipur news 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments