खिलराज रेग्मी सरकारको ग्रहशान्ति गरियो
१२ जेठ, बर्दिया । विभिन्न राजनीतिक गतिविधिहरूको समर्थन र विरोध जनाउँदै आएका राकेशकुमार शर्माले आज बर्दिया जिल्ला सदरमुकाम गुलरियामा खिलराज रेग्मी नेतृत्व सरकारको ग्रहशान्ति गरेका छन् ।
विभिन्न क्षेत्रबाट खिलराज रेग्मी नेतृत्व सरकारले राजीनामा दिनु पर्ने माग आइरहेका बेला बर्दियाका शर्माले यो सरकारलाई सबैले सहयोग गर्नु पर्ने भन्दै राजीनामा माग्नु उचित नहुने तर्क गरेका छन् । उनले रेग्मी नेतृत्व सरकारले संविधानसभाको चुनाव गराउने दावी गर्दै केही दलका नेताहरूले रेग्मीको राजीनामा माग गरेको भन्दै उनीहरुलाई संविधानसभाको विरोधी भएको आरोप लगाए ।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category: News
0 comments