नायक राजेश हमाल सुक्क सुक्क गर्दै रोए
निकै बोल्ड व्यक्तित्व भएका महानायक राजेश हमाल चलचित्रमा कमै रोएका होलान्। सधै 'एंग्रिम्यान'को भुमिका देखिने राजेश शनिवार भने 'रिल'मा होइ्न 'रियल'मै सुक्क सुक्क गर्दे रोएको देखियो।
नायका हमालको आफ्ना मामा बसन्तजंग रायमाझीको सम्मान कार्यक्रममा रोएका हुन।
शनिवार चलचित्र नृत्य निर्देशक संघले राजेश हमालका मामा बसन्तजंग रायमाझीको सम्मान गरेको थियो ।
रायमाझी नेपाली चलचित्र जगतमा चर्चित नृत्य निर्देशक हुन्।
हमालले आफ्नै हातबाट मामा रायमाझीलाई सम्मान गरेका थिए।
नायीका करिश्मा मानन्ध समेत उपस्थित कार्यक्रममा महानायक हमाले आफू चलचित्र क्षेत्रमा आउनु र सफल हुनुको सम्पुर्ण श्रेय मामालाई नै दिएका थए। आफ्ना मामा बसन्तजंग रायमाझीको चलचित्र क्षेत्रमा ठुलो योगदान दिएको र आफूले बरु केही गर्न नसकेको हमालले बताएका थिए। हमालले आफूलाई नाच्न पनि मामाले सिकाएको बताएका थिए।
उनि मामाको विषयमा कुरा गर्दै गर्दा निकै भावुक हँदै रोएका थिए।
महानायक राजेश हमाललाइ उनको पहिलो चलचित्र 'युग देखि युगसम्म'मा उनै मामाले नचाएका थिए।
त्यसयता उनि राजेशका थुप्रै चलचित्रमा बसन्तजंग रायमाझीले नृत्य निर्देशन गरेका छन्।
५८ वर्ष नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गरेका बसन्तजंग रायमाझीको प्रशंसा कार्यक्रममा उपस्थिति नायीका करिश्मा मानन्धरले पनि गरेकी थिइन्।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोला
Category: Gossip
सुरुङमार्गमा जिविसले एक करोड लगानी गर्ने
ReplyDeleteसरकारले अनुमति दिएपछि काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्न मकवानपुर जिल्ला विकास समितिले पनि १ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
निजी क्षेत्रको अगुवाइ सुरुङमार्ग निर्माण हुन लागेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मकवानपुरलाई सुरुङमार्गमा लगानी गर्ने स्वीकृति दिएको स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले बताए।
३४ अर्ब रुपैया“ लगानीमा पूरा गर्ने लक्ष्यसहित सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनीले काम अघि बढाएको छ। सुरुङमार्ग निर्माण भएपछि हेटौंडा–काठमाडौं यात्रा एक घन्टामा पूरा गर्न सकिनेछ।
मकवानपुर र काठमाडौंमा सिधा सम्पर्क हुने र मकवानपुरको विकासमा आर्थिक रुपमा कायापलट गर्न सघाउने देखेपछि जिविसले लगानी गर्ने निधो गरेको हो। मन्त्रालयले लगानी गर्न अनुमति दिए पनि आन्तरिक स्रोतबाट पैसा जुटाउनुपर्ने सर्त राखेको छ।
जिविसले प्रत्येक वर्ष क्रमागत रुपमा गर्दै एक करोडसम्म लगानी गर्न सक्नेछ। चालु आर्थिक वर्षमा २० र अर्काेपटक २० गरी तत्काल ४० लाख लगानी गर्ने स्थानीय विकास अधिकारी विष्टले बताए।
यसअघि नै मकवानपुर, ललितपुर र काठमाडौं जिविस तथा प्रभावित एक दर्जन बढी गाविसले जारी गरेको मार्खु घोषणपत्रमा स्थानीय निकायले पनि लगानी गर्ने उल्लेख गरिएको थियो। जिविस मकवानपुरले अरु २ वटा जिल्ला विकास समिति र प्रभावित गाविसलाई पनि थप लगानीका लागि समन्वय र छलफल गर्ने तयारी गरिरहेको विष्टले बताए। हेटौंडा नगरपालिकाले पनि यसअघि नै नगरपरिषदबाट १० लाख लगानी गर्ने निर्णय गराइसकेको छ।