अर्जुन पन्तको निधनबारे सत्यता खोज्न परिवारको माग
१६ जेठ, काठमाडौं । दक्षिण कोरियामा निधन भएका अर्जुन पन्तको शव बुधबार नेपाल ल्याइएको छ । गुल्मी हर्दिनेटाका २३ वषिर्य पन्तको जेठ ७ गते रहस्यमय निधन भएको थियो
पन्तको निधन भएको एक हप्ता बितिसक्दा समेत निधन कसरी भयो भन्ने सत्य तथ्य बाहिर आउन सकेको छैन् । मृतकका दाई मधुकृष्ण पन्तले भाइले आत्महत्या गरेको नभइ हत्या भएको आशंका व्यक्त गर्नुभएको छ । उहाँ रोजगारका लागि २ बर्ष अगाडी सरकारी प्रणालीमार्फत कोरिया जानुभएको थियो ।
जेठ ७ गते आत्महत्या गरेका भनिएका पन्त कार्यरत कम्पनिले १० गते घर र्फकने टिकट उपलब्ध गराइदिएको थियो । मृतक पन्तको निधन कसरी भयो भन्ने विषयमा गहन अनुसन्धान हुनुपर्ने माग परिवारको छ । सत्यता पत्ता लगाउन भइका गतिविधि तथा फोन कल रेर्कडको पनि अनुसन्धान हुनुपर्ने मृतकका दाइले बताउनुभयो ।
‘भाइ घर आउँदा आउँदा साथीहरुसँग आफुले दिएको पैसा मागेको थियो, पैसा नदिएका साथीसँगको बादबिबादमा हत्या गरिएको हुन सक्छ’ दाइ राधाकृष्णले आशंका व्यक्त गर्नुभयो । अविवाहित मृतक पन्तले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको परिवारको भनाई छ ।

Category: News
0 comments