पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटी भित्र्याउने

npnews | 01:49 | 0 comments

 
१६ जेठ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीले आगामी मंसिरमा पनि निर्वाचन हुन नसके पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटी भित्र्याउने बताएका छन् । 

राप्रपा नेपाल तेह्रथुमले म्याङलुङमा बिहीबार आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै सहअध्यक्ष लावतीले जनताले ०६२/०६३ मा गरेको जनआण्दोलनजस्तै आन्दोलन गरेर पूर्वराजालाई नारायणहिटी भित्राउने चेतावनी दिए । जनतालाई प्रजातन्त्रको अनुभूति दिनका लागी राजासहितको हिन्दु राष्ट्र स्थापना आवश्यक भएको बताएका छन् ।
उनले बाहिर निर्वाचन-निर्वाचन भन्दै नारा लगाएपनि चार शक्तिले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले देशमा चार शक्तिको सिण्डिकेट भएसम्म समविधानसभाको निर्वाचन नहुने बताएका छन्।  
राजा बाहिरीए पछि बनेका सरकारका मन्त्रीहरुले भ्रष्टचार गरेर देश खोक्रो बनाएको आरोप लगाए । नेपालले संघीयता धान्न नसक्ने भएकाले मुलुकमा राजा सहितको प्रजातान्त्रीक शासन व्यवस्था आवश्यक रहेको लावतीको भनाइ थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments