सगरमाथाबाट हाम फालेर कीर्तिमान (भिडियोसहित)

npnews | 07:08 | 0 comments

 


जेष्ठ १६ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम फालेर रुसी नागरिकले कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर आधार शिविरमा झरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । ४८ वर्षीय रोजोभले सगरमाथाबाट हाम फाल्न दुई वर्षदेखि तयारी गरेका थिए । 

उनी विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हाम्फालेको थिए । चार जना नेपाली शेर्पाको सहयोगमा सगरमाथाको चुचुरोबाट फाल हालेको भिडियो शेर्पाहरुले सार्वजनिक गरेका छन् । 

सगरमाथाको हीरक महोत्सवको दिन पारेर उनी चुचुरोको उत्तरी क्षेत्रबाट हाम फालेको बताईएको छ । उनी चार दिनको समय लगाएर सगरमाथा चढेका थिए । 

हामफाल्ने क्रममा लेक लाग्ने डर लागेतापनि आखिरमा सफलता पाएकोमा उनले खुशी ब्यक्त गरेका छन् । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments