मालपोतमा घुस लिँदा लिदै रंगेहात पक्राउ
३० वैशाख,काठमाडौ । सोमवार डिल्लीबजार मालपोतमा कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुस लिँदै गर्दा सर्वेक्षक श्याम सिलवाललाई रंगेहात पक्राउ गरेको छ।
अख्तियारमा लोकमान सिंह प्रमुख आयुक्त भएयता अख्तियारले सक्रियता बढाउँदै लगेको छ।
उनलाई आशाकाजी महर्जनको उजुरीमा सिलवाललाई पक्राउ गरिएको हो । अख्तियारले सिलवाललाई कारबाहीका लागि हिरासतमा लिएको छ।
आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र चाबहिल, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, वाग्मती अञ्चल यातायातमा छापा मारेको छ।
0 comments