दुबईको समुन्द्रमा छालले बगाएर नेपाली चेलीको मृत्यु
एजेन्सी , संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह स्थित एक होटलमा काम गर्ने नेपाली युवती समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन् । नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको हो । बिहीबार साथीहरूसँग दुबईको जुमेरा बीचमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
पौडी खेल्न बिचमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ । सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ, तल भिडीयो हेर्नुस।
Category: Diaspora
0 comments