समाचारका समयमा टिभीमा पोर्न भिडियो प्रशारण भएपछि......

npnews | 03:22 | 0 comments

जेष्ठ १७ । ग्रीक टेलिभिजनका दर्शक त्यतिखेर अचम्मित भए, जतिखेर एक स्थानीय टेलिभिजन च्यानलमा समाचारका समयमा पोर्न भिडियो देखियो । गएको मंगलबार स्थानीय टिभी ‘इटी–३’मा समाचारका समयमा समाचारवाचकको पछाडि रहेको स्क्रीनमा पोर्न भिडियो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारका समयमा जब समाचारवाचाक ताजा सूचनाहरुका बारेमा जानकारी दिईरहेका थिए, त्यही समयमा वाचकको पछाडि रहेको स्क्रीनमा पोर्न फिल्म चलिरहेको थियो ।

स्थानीय दर्शकहरुले टिभीमा देखिएको पोर्न भिडियोको दृष्य सोही टेलिभिजन संस्थाको भगिनी च्यानल ‘इटी–१’मा प्रशारण भईरहेको फिल्मको भएको बताएका छन् । जुन गल्तीवश समाचारवाचकको पछाडिको स्क्रीनमा प्रशारण हुन पुगेको थियो ।

जब यो घटना भईरहेको थियो, त्यतिखेर समाचारवाचाक भने यो घटनाबारे अनभिज्ञ भएको बताइएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments