अमेरिका द्वारा पाकिस्तानमा हवाई हमला ,६ मृतु

npnews | 02:20 | 0 comments

१५ जेठ,  पाकिस्तानको मिरानशाहमा अमेरिकी चालकरहित विमान आक्रमणमा ६ जना संदिग्ध आतङ्ककारीको मृत्यु भएको छ । बुधवार भएको हमलामा परी कम्तीमा पनि ६ जनाको ज्यान गएको पाकिस्तानी सुरक्षा अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको मिरानशाह सहरको उत्तरी वाजिरिस्तान जिल्लामा तालिवानी र अल कायदा आतङ्ककारीको बलियो प्रभाव रहेको क्षेत्र मानिन्छ । सुरक्षास्रोतका अनुसार आज भएको यस आक्रमणमा वरिष्ठ तालिवानी कमाण्डरको समेत मृत्यु भएको छ । तर उनको परिचय भने खुल्न सकेको छैन ।
यस आक्रमणमा छ आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य दुईजना घाइते भएको मिरानशाहमा रहेका सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । चालकरहित विमान आक्रमण पाकिस्तानमा अलोकपि्रप रहेको छ । यसबाट निर्दोश नागरिकको हत्या हुने गरेकोमा पाकिस्तानी सरकारले बारम्बार निन्दा गर्दै आएको छ । तर वासिङ्टनले भने चालकरहित विमान आक्रमण तालिवान र अल कायदाका नेताहरूलाई कारबाही गर्ने प्रभावकारी उपाय भएको बताउँदै आएको छ ।
पाकिस्तानमा मे ११ को आम निर्वाचनपछि भएको चालकरहित विमान आक्रमण यो नै पहिलो आक्रमण भएको समाचारमा जनाइएको छ । सो निर्वाचनमा पाकिस्तानको प्रमुख प्रतिपक्षी दल नवाज सरिफको पार्टी मुस्लिम लिग एनले बहुमत प्राप्त गरेको थियो । रासस/एएफपी

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments