शोभित बस्नेतको निर्देशनमा तयार चलचित्र ‘टीचर’ शिक्षक र विद्यार्थीले हेरे

npnews | 07:09 | 0 comments

शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘टीचर’को च्यारेटी शो सुरु भएको छ । चलचित्रको विशेष च्यारेटी शो काठमाण्डौको कलंकी हलमा गरिएको छ । बाफलमा रहेको राइजिङ स्टारका विद्यार्थीहरुले सिनेमा हेरेका हुन् । टीचर र विद्यार्थीको सम्बन्धको बिषयमा तयार भएको यो सिनेमामा कुशल थापा, शोभितकी छोरी सलिना बस्नेतको मुख्य भूमिका छ ।चलचित्रको च्यारेटी शो मा ७०० जना विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यार्थी तथा शिक्षकहरुले ‘टीचर’लाई मन पराएको र सबैले हेर्नु पर्ने सिनेमा भनेर प्रतिक्रिया दिएका थिए । सिनेमाको काठमाण्डौ भित्र र बाहिरका विभिन्न विद्यालयमा च्यारेटी गरिने निर्देशक बस्नेतले बताए ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments