नक्कली इमेल आइडी बनाएर ठगी गर्ने युवक पक्राउ

npnews | 10:48 | 0 comments

१८ असार, संयुक्त अरब इमिरेट्सको एक प्रतिष्ठित कम्पनीको नक्कली ‘इमेल आइडी’ बनाएर वैदेशिक रोजगारीमा जान चाहनेबाट रू २९ लाख ८५ हजार ठगेको अभियोगमा पाँचथरका एक युवक पक्राउ परेका छन् ।किर्ते काम गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पाँचथरको नासष्न गाविस–६ बुदुकका देवीप्रसाद काफ्लेलाई आज अपराह्न उनको नयाँ बानेश्वर मिलनचोकस्थित डेराबाट पक्राउ गरेको हो । स्थानीय सिनामङ्गलमा एनसिएफ इम्प्ल्येमेन्ट सर्भिसेज नामक वैदेशिक रोजगारी प्रदायक संस्था स्थापना गरेर अभियुक्त काफ्लेले उक्त रकम ठगेको ब्युरोका प्रहरी उपरीक्षक अरूणकुमार बिसीले बताए ।ब्युरोले आजै अभियुक्त काफ्लेलाई थप अनुसन्धानका निम्ति महानगरीय प्रहरी कार्यालय हनुमानढोकामा बुझाएको जानकारी पनि उनले दिए । प्रचलित कानुनअनुसार काफ्ले दोषी ठहर भएमा निजले बिगोबमोजिमको उक्त रकम बुझाउनुपर्ने तथा पाँचवर्ष काराबासको सजाय भोग्नुपर्नेछ । रासस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments