आफैसँग आक्रमणमा परेकी साथीलाई भेटिन् मलालाले

npnews | 15:38 | 0 comments

महिला शिक्षाका विषयमा बोलेको आरोपमा तालिबानीद्दारा गोली प्रहार गरिएकी १५ वर्षीय मलालाले आफूसँगै आक्रमणमा परेर घाइते भएकी आफ्नी साथीसँग यसरी भेट हुदा कस्तो भयो होला ? हेर्नुस !!!!

१८ असार, एजन्सी । महिला शिक्षाका विषयमा बोलेको आरोपमा तालिबानीद्दारा गोली प्रहार गरिएकी १५ वर्षीय मलाला योउसाफ्जाईले आफूसँगै आक्रमणमा परेर घाइते भएकी आफ्नी साथीसँग भेटकी छिन् । मलालाले आक्रमणमा घाइते भएकी आफ्नी साथी साजिया रमजानलाई बेलायतमा नै भेटकी हुन् ।
स्कुल बस रहेका बेला गत ९ अक्टुबरमा मलाला र साजियामाथी तालिबानीहरुले आक्रमण गरेका थिए । तालिबानी आक्रमणबाट शख्त घाइते भएकी मलाला बेलायत पुर्याएर उपचार गरिएको थियो भने सामान्य घाइते भएकी साजियालाई पाकिस्तानमा नै उपचार गराइएको थियो ।
तालिबानीको आक्रमणमा मलालालाई टाउकोमा गोली लागेको थियो भने साजियालाई काँध र घाँटीमा गोली लागेको थियो । यी दुईले भेटका क्रममा एक अर्कालाई अंगालो मारेका थिए भने आफुहरुको पुनमिलनमा निकै खुसी देखिन्थे । भेटका क्रममा यी दुईले निकै बेर गफ गरेको समेत समाचारमाध्यमहरूमा बताइएको छ । बेलायत पुगेकी साजियालाई पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले समेत भेट गरेका थिए । आफ्नी साथीसँग यसरी भेट  हुदा कस्तो भयो होला ? हेर्नुस !!!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments