बाबुद्धारा झड्केली छोरी दुई वर्षदेखि बलात्कृत

npnews | 08:06 | 0 comments

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला !!!

ओखलढुंगा, श्रावण १६ । ओखलढुंगाको मोली गाविसमा एक बाबुले झड्केली छोरीमाथि दुई वर्ष यतादेखि बलात्कार गर्दै आएको खुलासा भएको छ । बाबुले आफूमाथि बलात्कार गर्दै आएको भन्दै एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको उजुरी दर्ता गरेपछि रहस्य बाहिर आएको हो ।

बलात्कारको आरोपमा मोली गाविस वडा नम्बर ८ का ५१ वर्षीय बलराम दियालीलाई प्रहरीले पक्राउ गरेको छ । जेठी पत्नीको मृत्यु भएपछि दियालीले कान्छी ल्याएका थिए भने कान्छीसँगै ल्याइएकी झड्केली छोरी पनि उनीसँगै बस्दै आएकी थिइन् । कान्छी पत्नी पनि विरामी भएपछि उनले झड्केली छोरीमाथि बलात्कार गर्दै आएका प्रहरीले बताएको छ । किशोरीले चार महिनाको गर्भपतन समेत गराएको दाबी प्रहरी समक्ष गरेकी छन् ।पुरा जानकारीको लागि तलको भिडियोमा हेर्नुहोला । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments