माओवादीको दुइतिहाई बहुमत आएमात्र संविधान......प्रचण्ड

npnews | 13:11 | 0 comments

आफ्नो पार्टीले सकेसम्म दुइतिहाइ नभएपनि स्पष्ट बहुमत ल्याउने प्रचण्डले दावी

२ असार,  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले स्पष्ट दुई तिहाई बहुमत ल्याएमात्रै संबिधानसभाले नयाँ संविधान बनाउन सक्ने बताएका छन् । आफ्नो पार्टीले सकेसम्म दुइतिहाइ नभएपनि स्पष्ट बहुमत ल्याउने प्रचण्डले दावी गरे ।बाँकेको नैनापुरमा अन्यदलका कार्यकर्तालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी संविधानसभाबाट संविधान लेखिन आफ्नो पार्टीलाई दुई तिहाई बहुमत आबश्यक पर्ने बताए । उनले निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यसाथ चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।विगतका उपलब्धिहरूलाई संस्थागत गराउन पनि माओवादीले बहुमत ल्याउनैपर्ने उनको तर्क थियो । आगामी चुनाबमा आफू मधेस केन्द्रीत हुने भन्दै उनले आफ्नो पार्टी मधेसका मुक्तिका लागि लड्ने बताए । त्यस अवसरमा अन्यदलका दर्जनौ कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका थिए ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments