फ्रान्समा नेपालीको इज्जत वढाउँदै अर्याल

npnews | 14:56 | 0 comments

एउटा नेपाली ठिटो, जसले विश्वकै समृद्ध मानिने युरोपको फ्रान्समा आफ्नो पहिचानसँगै नेपालीको क्षमता चिनाउनु कम गर्वको विषय होइन ।ति व्यक्ति को हुन् तल हेर्नु होस् !!!


एउटा नेपाली ठिटो, जसले विश्वकै समृद्ध मानिने युरोपको फ्रान्समा आफ्नो पहिचानसँगै नेपालीको क्षमता चिनाउनु कम गर्वको विषय होइन । फ्रान्समा कार्यरत आफ्ना बुवा हरिहर अर्याल र आमा ...लाई भेट्न सन् १९९० मा फ्रान्सको पेरिस १४ बर्षकै उमेरमा छिर्नुभएका गोरखाका निर्मल अर्यालले अहिले आफ्नो अध्ययन तथा सामाजिक कार्य दुवै क्षेत्रमा छुट्टै पहिचान बनाइसक्नु भएकोछ । परिश्रमी र जेहेन्दार अर्याल यूरोप गएलगत्तै अध्ययनमा लाग्नुभयो । हाल उहाँ सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर पूरा गरेर विशिष्ठ इञ्जिनियरको हैसियतमा फ्रान्समा कार्यरत हुनुहुन्छ । विद्यावारिधीको तयारीमा समेत रहनुभएका अर्याल फ्रान्समा गैरआवासीय नेपाली संघको अध्यक्ष समेत हुनुहुन्छ । शिक्षित तथा समाजसेवी परिवारमा हुर्कनुभएका अर्याल सानै उमेरदेखि सामाजिक कार्यमा अग्रसर बन्न थाल्नुभएको थियो । फ्रान्समा रहदा पनि उहाँले ब्रि पनौती सहयोग मैत्री संघ र अन्य विविध मैत्री संघमा सहयोगी भूमिका निभाउदै आउनुभएको थियो । फ्रान्समा २००५ मा पिता हरिहर अर्यालको नेतृत्वमा एनआरएनए फ्रान्स स्थापना भएपछि सन् २००७ देखि ९ सम्म एनआरएनको कार्य समितिको युवा प्रतिनिधिको जिम्मेवारी निभाउनुभएका अर्यालको कार्यदक्षता र लोकप्रियताको कारण नेपाली समुदाय तथा विशेष गरेर युवा वर्गले एनआरएनए फ्रान्सको अध्यक्ष पदमा ल्याउन सफल भए ।

नेतृत्व तथा योग्यताको क्षेत्रमा अब्बल अर्यालको यही गुणका कारण पेरिस नजिकको सान्डेनी शहरको एउटा सहकारी बैंक ख्रेंडी म्युचियलमा घनिष्टता कायम हुन गयो र बैंकका प्रबन्धकहरू तथा लगानीकर्ताहरूको आँखामा उहाँ पर्नुभयो । फलस्वरुप सो बैकको सञ्चालक समितिको अध्यक्ष पदमा ३ वर्ष देखि जिम्मेवारी संहालिरहनु भएको छ ।
फ्रान्सको राजनीतिमा कानूनीरूपले फ्रान्समा वसोवास गरेका युरोपियन देशभित्रका नागरिकले स्थानिय निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न सन् १९९८ देखि अधिकार प्राप्त गरेका छन् । युरोपियन नागरिकका साथै अन्य नागरिकले पनि यो अधिकार पाउनु पर्दछ र अधिकार दिनुपर्दछ भन्ने विषयमा फ्रान्समा निकै छलफल अहिले पनि भइरहेकोछ । फ्रान्सका राष्ट्रपति फ्रँस्वा होलण्डले आफ्नो कार्यकाल २०१७ भित्रमा सबै प्रकारका बिदेशीलाई यो निर्वाचनमा मताधिकार दिने कानून ल्याउने घोषणा पनि गर्नुभएको छ । फ्रान्सको यो अवसरलाई नेपाली यूवा अर्याल बसोबास गर्नुभएको ओभरभिलिय शहरको नगरपालिकाले यो अभियानलाई समर्थन गरेर जनमानसमा चेतना ल्याउने निर्णय गरेको छ । ओभरभिलिय पेरिससँग उत्तर तर्पm जोडिएको, धेरै क्षेत्रफल भएको कृयाशील नगरपालिका हो । यो शहरको जनसंख्या लगभग ८० हजार छ र यहाँ झण्डै ४० देशका मानिसहरू वसोवास गर्दछन् । यो शहरको क्षेत्रफल, उद्योगधन्दा आदिलाई महŒवकासाथ लिएर यसलाई पेरिसको २१ औं वडा बनाउने अर्थात पेरिसमा गाभ्ने योजना तीसौं वर्षअघिदेखि चलिरहेको पनि छ ।
विदेशी नागरिकलाई स्थानिय निर्वाचनमा मतदानको अधिकार दिने अभियान चलाउन निर्माण गरिने  सल्लाहकार परिषद् हाँक्न सक्ने व्यक्तिहरूको सुचिमा समेत अर्याल पर्नुभएको छ । अर्यालले दुई पटक जानकारीमूलक सभामा भाग लिएपछि झण्डै ४० देशका प्रतिनिधिहरू बीच ठूलो सभा सम्पन्न भयो । यो सभाले २९ जना परिषद् सदस्य चयन ग¥यो र २९ जनाबाट ७ जना रहने परिषद्को कार्यसमिति गठन ग¥यो । फ्रान्समा धेरै नै प्रभाव भएका अल्जेरियन, गरोक्कीयन, सेनेभालियन, बोलिभियन, श्रीलङ्कन आदिलाई उछिनेर सभाले नेपालका निर्मल अर्याललाई परिषद्को अध्यक्ष पदमा बिजय गरायो । यसरी एउटा नेपाली युवक यो शहरको बिदेशी बासिन्दाहरूको परिषद्को अध्यक्ष पदमा निर्वाचित भई नेपालको गौरब र इज्जत फ्रान्समा बढाउन सफल हुनुभएको छ । आशा गरौं हाम्री नेपाल आमाको छोरा अर्याल भोलि अझ अरु जिम्मेवारी पदमा पुग्न सकुन् ।
अर्यालको यो सफलतामा सम्पूर्ण नेपालीले गर्व गर्नुपर्दछ र कार्य सफलताको कामना गर्नु सान्दर्भिक हुन्छ । उहाको यो सफलता र अनुकूलताले फ्रान्सका नेपाली समुदायलाई मात्र होइन भविष्यमा सिङ्गो देश नेपाललाई पनि ठूलो सहयोग र इज्जत हुनसक्छ । 

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments