महाकाली नदीले दुई दर्जन घर बगायो
महाकाली नदीमा आएको बाढीले सुदुरपश्चिमको पहाडी जिल्ला दार्जुला सदरमुकाम खलंगाका दुई दर्जन घर बगायो हेर्नुस !!!
३ असार दार्चुला । महाकाली नदीमा आएको बाढीले सुदुरपश्चिमको पहाडी जिल्ला दार्जुला सदरमुकाम खलंगाका दुई दर्जन घर बगाएको छ । अबिरल बर्षासँगै परेको बाढीले खलंगा रिगताल बस्तीका केही घर बगाएको छ ।भारत सरकारले आफ्नो भूमितर्फ पक्की तटबन्द बनाएका कारण बाढीले नेपालतर्फ क्षति गरेको हो ।
बाढीले कृति घाटबजारका दर्जन बढी घर बगाएको छ । बाढीका कारण नेपाल भारत जोडने पुल जोखिममा परेको छ । यस्तै, जौलजिवी पूल बगाएको छ ।
बाढीले कृति घाटबजारका दर्जन बढी घर बगाएको छ । बाढीका कारण नेपाल भारत जोडने पुल जोखिममा परेको छ । यस्तै, जौलजिवी पूल बगाएको छ ।
जिल्ला प्रहरीका अनुसार नेपाल प्रहरी र नेपाल आर्मीले उद्धार कार्य जारी राखेको छ । यो सँगै जिल्ला अस्पताल, जिल्ला वन, अपि नाम्पा संरक्षण क्षेत्र, भू संरक्षण, जिल्ला प्रहरी कार्यालय आसपासका सबै घरहरु जोखिममा परेका छन् । अहिलेसम्म मानवीय क्षती नभएको प्रहरीको भनाइ छ ।
यस्तै, महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको भुजेलमा नदीको बिचमा २३ जना फसेका छन् । उनीहरुको उद्धारका लागि सेनाको हेलिकप्टर त्यसतर्फ जान लागेको छ।
महाकाली नदीमा आएको बाढीले सुदुरपश्चिमको दार्जुला सदरमुकाम खलंगाका दुई दर्जन घर बगायो भिडीयो हेर्नुस !!!
Category: News



0 comments