पारसको फोटो राख्दै दुःखसुख नै जिन्दगी हो’ भनिनले हिमानीले हेर्नुस !!!

npnews | 02:00 | 0 comments

पारसले हात समातेर डोर्‍याइरहेको तस्वीर फेसबुकमा फोष्ट गर्दै हिमानीले लेखेकी छिन-’सुख र दुःख संगै अगाडी बढ्छ र जीवन पुरा हुन्छ

३ असार, काठमाण्डौ । पूर्व युवराज पारसकी पत्नी हिमानी शाहप्रति साहनुभूति राख्ने धेरै छन् । हिमानी र पारसवीचको खटपटका उनीहरुको सम्बन्धबारे धेरैलाई चासो पनि छ ।
पारस बैंककमा बेहोस अबस्थामा रहँदा हिमानीले आफनो फेसबुक पेजमा पोष्ट गरेको एउटा तस्वीरमा पनि उनका प्रसंसक र सुभेच्छुकको न्यानो माया देख्न सकिन्छ ।

पारसले हात समातेर डोर्‍याइरहेको तस्वीर फेसबुकमा फोष्ट गर्दै लेखेकी छिन-’सुख र दुःख संगै अगाडी बढ्छ र जीवन पुरा हुन्छ । म बिरामी हुँदाको एक झलक’
सो तस्वीरलाई २२ हजार १ सय ८७ जनाले मन पराएका छन भने ९ सय जनाले आफ्नो प्रतिक्रिया दिएका छन् । तस्वीरलाई बर्णन गर्दै फेसबुक फ्यानहरुले दिएका घतलाग्दा प्रतिक्रिया सोमबारको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तस्वीरसँग भाव मिल्ने गीतका अंशहरु लेख्दै धेरै सुभेच्छुकले पारसलाई आफ्नो मान्छे आफ्नै हुन्छ भन्दै हिमानीलाई ख्याल गर्न पारसलाई आग्रह गरेका छन् । अबको जीवन सुखमय होस भन्दै सवैजसो टिप्पणीकर्ताले पारस र हिमानीलाई शुभकामना दिएका छन्

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments