इजरायली युवक घातक हतियार सहित काठमाडौ विमानस्थलमा पक्राउ

npnews | 17:46 | 0 comments

३० जेठ, काठमाडौ । इजरायली युवक घातक हतियार सहित काठमाडौ विमानस्थलमा पक्राउ परेका छन् । इण्डीयन एयरद्वारा दिल्ली हुँदै बैंककतर्फ जान लागेका पासपोर्ट नम्बर २०७११९७७ का ईजरायली नागरिक २२ बर्षीय माओर बुनानको साथबाट घातक हतियार फेला परेको हो । 

उनको लगेज व्यागलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल स्थित होल व्यागेजमा प्रहरीले चेकजाँच गर्ने क्रममा घरेलु मेड जस्तो देखिने एसएमजी जस्तो मोडेल भएको बीचमा भाँच्न मिल्ने कालो रङको हतियार सहित पक्राउ गरेको छ । निजलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा हनुमानढोका पठाइएको छ, हेर्नुहोस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments