माओवादी बिनाको चुनाव गराए हतियार उठ्न सक्छ : विप्लव

npnews | 16:12 | 0 comments

नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द 'विप्लप'ले के भन्दै छन तल हेर्नुहोस !!!

नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द 'विप्लप'ले माओवादी बिनाको चुनाव हुन्छ भन्ने कल्पना समेत गर्न नसकिने बताएका छन्। सर्लाहीमा विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विप्लपले चार दलको गठबन्धनले गराउन लागेको चुनाव पूर्वराजाले गराएको जस्तै हुने बताउँदै मुलुकमा फेरी प्रतिगमनको जन्म हुने बताए।

 कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको सहभागिताबिना कुनै पनि चुनाव सम्भव नहुने बताए । चार दल नेतृत्वको गठबन्धनले गराउन लागेको चुनाव नेपाली जनतालाई मान्य नहुने भन्दै आफ्नो पार्टी चुनावमा सहभागि नहुने र प्रतिगमन बिरुद्ध जनता र माओवादी चुप लागेर नबसी परेको बेला जे पनि गर्न तयार हुने बताए। अब प्रतिगमन बिरुद्ध जनतालाई सजग बनाउन पार्टीले नयाँ अभियान थाल्ने बताउँदै नेता विप्लवले पार्टीले हतियारलाई सहायक आन्दोलनको रुपमा लिएको समेत दाबी गरे। उनले भने ुअसन्तुष्टी बढे जे पनि हुन्छ। असन्तुष्टीले जे पनि गराउन सक्छ।’ - सेतोपाटी

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments