गायक यम बराल क्यासिनोमा जुवा खेलिरहेको बेला रंगे हात पक्राउ

npnews | 00:36 | 0 comments

चर्चित गायक यम बराल क्यासिनोवाट क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा कसरी पक्रिए हेर्नुस !!!

३१ जेठ, काठमाण्डौ । चर्चित गायक यम बराल क्यासिनोवाट पक्राउ परेका छन् । गस्तीमा गएको प्रहरीको टोलीले शुक्रवार विहान ४-५ बजेतिर लैनचौरस्थित मल्ल होटलको क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा गायक बराललाई पक्राउ गरेको प्रहरी प्रवक्ता केशव अधिकारीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

अधिकारीका अनुसार गायक बराललाई पक्राउ गरी दरबारमार्गथित प्रहरी प्रभाग कार्यालयमा राखिएको थियो । तर केहीबेरअघि उनलाई थप अनुसन्धानका लागि हुनमानढोका पठाइएको छ । प्रहरी प्रवक्ता अधिकारी अनुसार नेपालीलाई क्यासिनोमा जान प्रतिबन्ध छ ।
गायक बरालले गाएका ‘बादलुको घुम्टोले इलाम बजार छोपिदा’, ‘निष्टुरीले छोडेर गै हाली’, ‘पीडामात्रै कति दिन्छेऊ’, ‘मन रहे पो माया प्रिति’ लगायतका दर्जनौ गीत चर्चित छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments