भीरबाट बस खसाल्ने चालकसँग ‘नक्कली लाइसेन्स’

npnews | 01:41 | 0 comments

बागमती अञ्चल यातायात कार्यालयले तामाङको नाममा जारी लाइसेन्स नक्कली पुष्टि गरेपछि कर्तव्य ज्यानअन्तर्गत सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ

५ असार, सिन्धुपाल्चोक । १४ जना गाउँलेको ज्यान जाने गरी बस सल्लेभीरबाट खसालेर भागेका चालक माइला तामाङले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर गाडी चलाउँदै आएको खुलेको छ । 

पक्राउपछि हिरासतमा राखेर गरिएको दुई साता लामो अनुसन्धानपति यो तथ्य खुलेको हो ।
बागमती अञ्चल यातायात कार्यालयले तामाङको नाममा जारी लाइसेन्स नक्कली पुष्टि गरेपछि कर्तव्य ज्यानअन्तर्गत सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । ‘चालकको लाइसेन्स नक्कली पुष्टि भयो । अब कर्तव्य ज्या मुद्दामा कारबाही चलाउँछौं’, दुर्घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर सदीप्राज पाठकले भने- नागरिक दैनिकमा खबर छ । उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराई अनुसन्धानका लागि १० दिनको म्याद लिएर कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।


Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments