बाढी पीडितको उद्धार गर्न गएको हेलिकप्टर हुम्लामा दुर्घटना

npnews | 04:59 | 0 comments

बाढी पीडितको उद्धार गर्न गएको हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना


५ असार, काठमाडौं । हुम्लाको मुचुमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर मुचु ७ को नदी बगरमा दुर्घटनामा भएको हो । दुर्घटनामा के कति क्षति भयो खुल्न सकेको छैन ।
उद्दारका लागि प्रहरीको टोली पुग्दैछ भने नेपालगञ्जबाट हेलिकोप्टर पनि जाने तयारीमा छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना रहेको बताइएको छ । प्रहरीका अनुसार हेलिकोप्टर हिल्साबाट सिमिकोट आउादै गरेको थियो । घटनास्थल सदरमुकामबाट २ दिनको पैदलदुरीमा पर्छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments