दार्जीलिङकी नेपाली समुदायको सुन्दरीले के भनिन् हेर्नुस !!!

npnews | 17:26 | 0 comments

नेपाल भ्रमणमा आएकी दार्जीलिङकी नेपाली समुदायको सुन्दरीले के भनिन् हेर्नुस !!!

दार्जीलिङका नेपाली समुदायको प्रतिनिधित्व गर्दै फेमिना मिस इन्डियाको टप आठमा पुगेकी सगारिका क्षत्री काठमाडौं घुमघाम सिध्याएर फर्किएकी छन्। पाँच दिने नेपाल भ्रमणमा आएकी उनी शुक्रबार फर्किएकी हुन्। उनी मिस इन्डिया कोलकोताकी विजेतासमेत हुन्। उनले मिस इन्डियामा फेसन आइकन, ब्युटी र स्क्रिनको उपाधि जितेकी थिइन्। 

'मिस इन्डियाले मलाई प्ल्याटर्फम दियो,' उनले भनिन्, 'नेपाली समुदायबाट मिस इन्डियाको दौरान साथ र सहयोग पाएँ।' दार्जिलिङमा हुर्किएकी उनी जेट एयरवेजकी को-पाइलट हुन्। विगत साढे पाँच वर्षदेखि उनी जेट एयरवेजमा आबद्व छिन्। मुम्बइ विश्वविद्यालयबाट स्नातक सिध्याएकी उनी घुम्न, नाच्न र साहसिक खेल खेल्न रुचाउँछिन्। 

दार्जीलिङमा जन्मिएकी उनका बुबा आर्मीका उच्च अधिकारी हुन्। पहिलोपटक राजधानी आएकी उनले पशुपतिनाथको दर्शन गर्न भ्याएकी छन्। परिवारका सदस्यहरु राजधानीमा बस्ने भएकाले भेटघाटका लागि नेपाल आएको उनले बताइन्। 'काठमाडौंसँग मेरो आत्मीय सम्बन्ध छ,' उनले भनिन्, 'दिदीको विवाहसमेत यहीँ भएकोले उहाँहरुसँग भेटघाट गर्न आएकी हुँ।' उनले फेरि नेपाल आउने सोच बनाएको बताइन्। हाल उनी र्‍याम्प, ज्वेलरी र प्रिन्ट मोडलिङमा व्यस्त छिन्। 
अधिकांश समय फ्लाइटमा बित्‍ने हुँदा उनले करियर परिवर्तन गर्ने सम्भावना रहेको सुनाइन्। 'अभिनयमा रुचि बढेको छ,' उनले भनिन्, 'बब्ली र मलाई सुहाउने भूमिकाले अफर आए काम गर्नेछु।'
उनले मिस इन्डियामा सहभागितामा बलिउड अभिनेत्री प्रियंका चोपडा, दिया मिर्जा र अभिनेता जोन अब्राहनसँग डान्ससमेत प्रस्तुत गरेकी थिइन्। 'उहाँहरुसँगको भेटले अभिनयप्रतिको रुचि बढेको छ। नेपाली फिल्मका लागि राम्रो अफर आए अवश्य खेलिन्छ,' उनले भनिन्। 
पछिल्लो पटक 'लुट' फिल्म हेरेकी उनी नेपाली फिल्म खेल्न प्रोत्साहित भएकी छन्। 'नेपाली फिल्म हेरिरहेको हुन्थे,' उनले भनिन्, 'लुट' फिल्म हेरेपछि नेपाली फिल्ममा काम गर्न प्रेरित भएकी छु।'
घरको कडा अनुशासनले गर्दा हालसम्म रिलेस स्ट्याटस सिंगल भएको उनी स्वीकार्छिन्। परिवारलाई सम्मान र साथ दिने व्यक्तिलाई उनी आफ्नो ड्रिमब्वाईको सूचLमा राखेकी छन्। 'परिवारलाई माया, सम्मान र साथ दिने व्यक्ति नेपाली नै भए पनि राम्रै हुन्छ,' उनी भन्छिन्। हाल उनी इन्डोरमा हुने र्‍याम्प मोडलिङको तयारीमा व्यस्त छिन्,भिडियो हेर्नुस्।nagariknews

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments