बाढी पीडित र प्रहरीबीच झडप, आधा दर्जन घाइते
पिडा माथि पिडा भएको बेला यसरि प्रहरीले .बाढी पीडित माथि लाठी चार्ज गर्दा आधा दर्जन बाढी पीडितहरु घाईते तल हेर्नुस !!!
भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा आधा दर्जन बाढी पीडितहरु घाईते भएका छन् ।
आफूहरुले ८ बुँदे मागसहितको ज्ञापनपत्र ईलाका प्रहरी कार्यलय राजापुर मार्फत सरकारलाई बुझाएपनि मागको सम्बोधन नभएको भन्दै पीडितहरु आक्रोशित बनेका हुन् । उनीहरुले दौलतपुर गाविसमा तटबन्धन गर्नुपर्ने, भत्किएका बाटो र कुलो मर्मत गर्नुपर्ने, प्रत्येक परिवारलाई ६ महिनासम्मका लागि गाँसबास र कपासको ब्यवस्था हुनुपर्ने, धानको बिउ निशुल्क उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।
Category:
0 comments