डिएचएल कार्गोबाट आएको पार्सलमा साढे २९ लाख नक्कली भारु
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको सुरक्षाघेरा नाघेर भारतसँग जोडिएको सिमावर्ती नाकासम्म नक्कली रुपैयाँ यसरिआइपुगेपछिअब के होला हेर्नुहोस !!!
बीरगञ्ज — तेस्रो मुलुकबाट पार्सल गरिएको 'पियानो' बाजामा लुकाएर भित्रयाइएको २९ लाख ६५ हजार भारतीय नक्कली रुपैयाँसहित प्रहरीले सोमबार बीरगन्जबाट ३ जनालाई पक्राउ गरेको छ। बहुराष्ट्रिय कार्गो कम्पनी डिएचएलको क्युरियर सेवाले हङकङबाट थाई एयरवेजको उडानबाट पठाइएको दुई थान पियानोको पर्सालमा नक्कली भारु फेला पारेको हो।
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको सुरक्षाघेरा नाघेर भारतसँग जोडिएको सिमावर्ती नाकासम्म नक्कली रुपैयाँ आइपुगेपछि प्रहरीले बरामद गर्न सफल भएको हो।
बीरगन्ज माहाबीरस्थानस्थित क्युरियरको कार्यालयमा मनोहर गिरीको नामबाट आएको पर्साल बुझ्न गएका एक जनालाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार पियानोको भित्रबाट लुकाएर राखिएको पाँच सय दरको २ हजार ५ सय ५० थान र एक हजार दरको १ हजार ६ सय ९० थान नक्कली रुपैयाँ निस्केको छ।
नक्कली नाम 'मनोहर गिरी' भनेर आफ्नो परिचय दिँदै क्युरियरमा पुगेका बीरगन्ज –१५, मुर्लीका रन्जीत झालाई प्रहरीले पक्राउ गरेको छ। झाको बयानका आधारमा बारा प्रस्टोका–३ का रामेवश्वर सहनी गोठी र भेडियारी–८ का मिथलेश तिवारीलाई बीरगन्जकै बेग्लाबेग्लै ठाउँबाट सोमबार बिहानै पक्रेको छ।
झाले बयानका क्रममा आफू गोठीको लागि काम गर्ने बताएपछि गोठीलाई समातेर सोधपुछ गर्दा तिवारीको समेत संलग्नता देखिएको थियो। अहिले तीनै जनालाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले नागरिकन्युजलाई बताए।
'प्रहरी प्रधान कार्यालयको स्पेशल ब्युरोले एक महिनादेखि सूचनालाई पछ्याउँदा नककली नोट बीरगन्ज नाका भएर भारत लग्न लागिएको देखियो', प्रहरी उपरीक्षक अधिकारीले भने –'हामीले प्रधान कार्यालयको सूचनाको अधारमा टोली परिचालन गरेर नक्कली रुपैयासहित मान्छेलाई पक्राउ गरेका हौं।' गोठीको समुहले भारतीय समिावर्ती बजार मोतीहारीसम्म नक्कली रुपैया पुर्याउने जिम्मा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 'हामी अनुसन्धानको प्रारम्भीक चरणमै छौं यहाँ मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडी बढाइएको छ। कहाँबाट कसरी आयो भन्ने अनुसन्धानको मुख्य पाटो प्रधान कार्यालयले नै हेर्ने भएको छ', उनले भने।
अन्तराष्ट्रिय गिरोहले पाकिस्तानबाट हङ्कङ र त्यहाँबाट नेपाल हुदै भारतसम्म पुर्यानउन लागेको जानकारीको आधारमा प्रहरी नक्कली रुपैयाँ यसका कारोबारी पक्राउ गर्न सफल भएको हो।nagariknews.
Category: News
0 comments